बुटवल पावरले सुरु गर्यो दुई जलविद्युत आयोजना, ६७ मेगावाट विद्युत उत्पादन हुने

Mar 26, 2017 Merolagani

बुटवल पावर कम्पनीले तीन वर्षमा ६७ दशमलव छ मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्इका साथ दुई जलविद्युत आयोजना निर्माणको काम सुरु गरेको छ । बीपीसीले स्वर्ण महोत्सवको अवसरमा ३७ दशमलव छ मेगावाट क्षमताको काबेली ए तथा ३० मेगावाट क्षमताको न्यादी जलविद्युत आयोजनाको निर्माण सुरु गरेको हो । राजधानीमा आयोजित एक कार्यक्रममा उर्जा मन्त्री जनार्दन शर्माले दुवै जलविद्युत आयोजनाको सिलन्यास गरेका हुन् ।

जलविद्युत आयोजनाको शिलन्यास गर्दै उर्जा मन्त्री जनार्दन शर्माले उर्जा क्षेत्रमा निजी क्षेत्रले गरेको योगदानको चर्चा गर्दै अन्य अजलविद्युत आयोजना निर्माणको जरुरी औल्याए । बुटवल पावर कम्पनीका अध्यक्ष पद्म ज्योतीले शिलन्यास भएका दुई नयाँ आयोजनाले सन् २०२० सम्ममा ६७ दशमलव छ ६ मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएको बताए ।

काबेली ए को निर्माणमा बीपीसीले ५५ प्रतिशत लगानी गर्नेछ भने सिंगापुरको इन्फ्राको एसियाको ४५ प्रतिशत लगानी रहने छ । जलविद्युत आयोजना पाँचथर र ताप्लेजुंगको सीमामा रहेको काबेली नदीमा निर्माण गरिने छ । आयोजना निर्माणका लागि कुल १० अर्ब रुपैंया लगानी हुने बताइएको छ ।

उता लमजुङ विद्युत विकास कम्पनीसँगको सहकार्यमा नै बीपीसीले ३० मेगावाट क्षमताको न्यादी जलविद्युत आयोजना निर्माण सुरु गरेको हो । यो आयोजना पनि सन् २०२० सम्ममा निर्माण पुरा गर्ने लक्ष्य लिइएको छ ।

२०२२ साल पौष १४ गते निजी कम्पनीका रुपमा स्थापना भएको बीपीसी २०४९ सालमा पब्लिक कम्पनीमा परिणत गरिएको थियो । त्यस पछि फेरी २०५९ सालमा निजीकरण गरी निजी, सरकारी, कर्मचारी तथा सर्वसाधरणहरुलाई सहभागी गराई अघि बढाइएको कम्पनीले १२ मेगावाटको झिमरुक विद्युत केन्द्र तथा ९.४ मेगावाटको आँधिखोला विद्युत केन्द्र संचालन गरिरहेको छ ।

आफ्नै वितरण प्रणाली मार्फत स्याङजा, पाल्पा, प्युठान र अर्घाखाँची जिल्लामा ५० हजार बढी ग्रामिण घरधुरीहरुलाई विद्युत सेवा समेत प्रदान गर्दै आएको छ । कम्पनीले विभिन्न १० वटा सहायक तथा सम्वद्ध कम्पनीहरु मार्फत व्यवसायहरु संचालन गर्दै आएको छ ।

कम्पनीले आगामी दिनमा मनाङ जिल्लामा एक सय मेगावाटको लोअर मनाङ मस्र्याङदी जलविद्युत आयोजना र आठ दशमलव पाँच मेगावाटको चिनो खोला जलविद्युत आयोजना निर्माण गर्ने लक्ष्य लिएको छ । नयाँ जलविद्युत आयोजनाहरुको पहिचान गरी विकास गर्ने तथा स्टोरेज जलविद्युत आयोजनाहरुमा समेत लगानी गर्ने योजना बीपीसीले बनाएकोछ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।