सेयरबजारमा कारोबार रकमको छलाङ,नेप्से ४८ अंकले उक्लिदा तीन कम्पनीकाले मात्र गुमाए

Mar 26, 2017 merolagani

यो साताको पहिलो दिन आइतबार सेयरबजारमा एकैदिन डेढ अर्ब बढीको सेयर किनबेच भएको छ । गत सोमबारदेखि लगातार दैनिक एक अर्ब बढीको कारोबार हुँदै आएको बजारमा पाँचौ दिन पौने दुई अर्बको किनबेच भएको हो । कारोबारमा आएका सबै समूहमा सकारात्मक रहेपछि नेप्से तीन प्रतिशत बढीले उकालो लागेको छ । यस दिन कारोबार आएका तीन कम्पनी बाहेक सबै कम्पनीका लगानीकर्ताले कमाए ।

आइतबार नेप्से ४७.७९ अंकले उकालो लागेर १५५३.८३ विन्दुमा पुगेको छ । कारोबारमा आएका सबै परिसूचक सकारात्मक रहेपछि बजारमा नेप्से तथा कारोबार दुवैमा उच्च बढोत्तरी आएको हो ।

आइतबार बीमा समुहको परिसुचक सवैभन्दा बढी २०३ अंकले बढेको छ । त्यस्तै वाणिज्य बैंक समुह ४४ दशमलव ४१ अंकले उकालो लागेको छ । त्यसैगरी जलविद्युत १५९ होटल ९६, विकास बैंक ६०, फाइनान्स २४ र अन्य समूह ६.६५ अंकले उकालो लागेका छन् ।

एक सय ४३ कम्पनीको कारोबार भएको बजारमा एक अर्ब ७६ को बढीको कारोबार भएको छ । गत साता लगातार चार दिन एक अर्ब कारोबार हुदै आएको बजारमा यो साताको पहिलो दिनमै पौने दुई अर्बको कारोबार भयो । गत विहीबारको तुलनामा कारोबार रकम ७६ करोड बढी होे ।

आइतबार प्रभु इन्स्योरेन्स संस्थापक सेयरको १९ करोड २८ लाख रुपैयाँ बराबरको कारोबार भयो । नेपाल क्रेडिट एण्ड कर्मश बैंकको पनि झण्डै दश करोड बराबरको सेयर किनबेच भएको छ । नेशनल हाइड्रको ८ करोड ६७ लाख, सानिमा बैंकको ६ करोड ३६ लाख बराबरको सेयर किनबेच भयो ।

           ...[सेयर बजार उछालको संकेतः सेतो हात्ती बेचेर लैनौ र ब्याँउने भैसी किन्ने बेला]...

 

आइतबारको कारोबारमा हाम्रो विकास बैंक, लक्ष्मी लघुवित्त, जनउत्थान लघुवित्तको सेयरमूल्य दश प्रतिशतका दरले बढेको छ । यस्तै कृषि विकास बैंक, र्मिमिरे माइक्रो, नेपाल ग्रामिण विकास बैंक, महिला सहयात्रा माइक्रो, एनबी इन्स्योरेन्स लगायतका कम्पनीको सेयरमूल्य पनि दश प्रतिशतकै हाराहारीमा बढेको छ ।

यसदिन जम्मा तीन कम्पनीको मात्र सेयरमूल्य घटेको छ । सप्तकोषी डेभलपेमन्ट बैंक, सहारा विकास बैंक र प्रभु इन्स्योरेन्सको मात्र सेयरमूल्य घटेको हो ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।