बुटवल पावरले कति तोक्यो एफपीओको मूल्य ?

Mar 26, 2017 Merolagani

बुटवल पावर कम्पनी (BPCL) ले थप नयाँ सेयर निष्काशन गर्नका लागि सेयर मूल्य तोकेको छ । कम्पनीको गत आसार २७ गते सम्पन्न साधारणसभाले गरेको निर्णय अनुसार ४० लाख ८१ हजार कित्ता नयाँ सेयर निष्काशनका लागि सेयर मूल्य निर्धारण गरेको हो । 

आधिखोला जलविद्युत केन्द र झिमरुक जलविद्युत केन्द्र आसपासका स्थानीयलाई पाँच प्रतिशत सेयर छुट्याएको कम्पनीले बिक्री प्रबन्धकको जिम्मा एनएमबी क्यापिटल तथा लक्ष्मी क्यापिटललाई दिई सकेको छ ।

कम्पनीले गरेको प्रस्ताव अनुसार प्रतिकित्ता थप नयाँ सेयरको मूल्य चार सय ७० रुपैंया तोकिने भएको हो । एक सय रुपैंया अंकित मूल्यमा तीन सय ७० रुपैंया प्रिमियम थप गरी कम्पनीले उक्त मूल्यमा सेयर निष्काशन गर्ने निर्णय गरेको हो । कम्पनीले प्रस्तावित मूल्य प्रक्षेपित मात्र भएको भन्दै २० प्रतिशतले मूल्य विचलन भएमा सो को कारण समेत सार्वजनिक गर्ने बताएको छ ।

एफपिओबाट संकलित रकम कम्पनीले निमार्ण सुरु गरेका आयोजनामा लगानी गरिने बताइएको छ । शनिबार मात्र कम्पनीले दुई वटा आयोजना निर्माणको सुरुवात गरेको उद्घोष गरेको थियो । जसमा ३० मेगवाटको न्यादी जलविद्युत आयोजना र ३७ दशमलव छ मेगावाटको काबेली ए जलविद्युत आयोजना रहेका छन् ।

विदेशी साझोदार तथा स्वदेशी साझेदारसँगको सहकार्यमा बीपीसीले उक्त परियोजना निर्माण सुरु गरेको हो । यसका साथै बीपीसी एक सय मेगावाटको मनाङमस्र्याङ्दी आयोजनाको अनुमति लिने क्रममा रहेको छ भने ८५ मेगावाटको चिनीखोला साना जलविद्युत आयोजना सम्भाब्यता अध्ययन पुरा गरिसकेको छ ।

    ...[बुटवल पावरले सुरु गर्यो दुई जलविद्युत आयोजना, ६७ मेगावाट विद्युत उत्पादन हुने]...

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।