देशका प्रमुख ६ शहरमा आजैदेखि ब्रोकर शाखा संचालनमा आए,१८ शहरमा संचालनको तयारी

Mar 26, 2017 merolagani

धितोपत्र दलाल व्यवसायीले आइतबारदेखि देशका विभिन्न प्रमुख ६ शहरबाट शाखा संचालनमा ल्याई कारोबार सुरु गरेका छन् । नेपालगंज,वुटवल, नारायणगढ, बनेपा,विराटनगर र विर्तामोडबाट आजै देखि ब्रोकर शाखा संचालनमा आएका हुन् ।

अब देशका विभिन्न १८ शहरहरुबाट तत्काल शाखा संचालनमा आउने स्टक ब्रोकर एशोसिएसनले जनाएको छ । यस भन्दा अगाडि विभिन्न नौ कम्पनीहरुले राजधानी बाहिर शाखा संचालन गर्दे आएका थिए ।

नेप्सेबाट शाखा संचालनको लागि आशयपत्र प्राप्त गरेका व्यवसायीले शाखा संचालनको लागि पूर्वाधार तयार पार्ने काम गरिरहेको र निकट भविष्यमा संचालनमा आउने ब्रोकर एशोसिएसनद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।

धितोपत्र व्यवसायीहरुको बर्षौदेखिको माग, स्थानीय तहमा सेवा उपलब्धहोस भन्ने लगानीकर्ताको अपेक्षा, नेपाल सरकारको वित्तीय क्षेत्र विकास रणनीति र नेपाल धितोपत्र बोर्डले पटक पटक दिएको निर्देशन बमोजिम नेप्सेले देशका सम्भाव्यता भएका शहरहरुमा स्वच्छिक रुपमा एक व्यवसायीलाई एक शाखा विस्तार गर्न अनुमति दिएसँगै शाखा संचालनमा ल्याएको एशोसिएसनका अध्यक्ष प्रियराज रेग्मीले जानकारी दिए ।

व्यवसायीले गरेको शाखा विस्तारबाट छरिएको पूँजीको परिचालन गरि राष्ट्र निमार्णमा लगाउँदै उद्यमशिलताको विकास, रोजगारीको सृजना गर्दे आर्थिक रुपले राष्ट्रलाई सबल बनाउने उदेश्य परिपूर्ति गर्न यो कदम कोशेढुङा साबित हुने संघको अपेक्षा छ ।

नियमनकारी निकायले दिने निर्देशन तथा नियममा हुने व्यवस्थाको परिपालना गर्दे बजार संचालनक र सेवाग्राहीले अपेक्षा गरे अनुसार धितोपत्रबजारको विकास र विस्तार गर्नमा रचनात्मक भुमिका खेल्दै संचालनमा ल्याइएका शाखाहरुको व्यवस्थीत रुपमा संचालन गर्ने प्रतिबद्धता समेत जनाइएको छ ।
 हाल ५० वटा ब्रोकर संचालनमा रहेका छन् ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।