नेपाल लाइफ इन्स्योरेन्सको साधारण सभाले के गर्यो ?

Mar 27, 2017 Merolagani

केही समय अघि मात्र झण्डै ३१ लाख कित्ता थप नयाँ सेयर (एफपीओ) निष्काशन गरेको नेपाल लाइफ इन्स्योरेन्स (NLIC) ले उक्त सेयरले समेत पाउने गरी बोनस सेयर बितरणको प्रस्ताव पारित गरेको छ । 

इन्स्योरेन्सको होटल भिष्वा, वीरगञ्जमा सम्पन्न साधारण सभाले गत फागुन २७ गतेसम्ममा सेयर किनेका तथा एफपीओबाट सेयर खरिद गरेका लगानीकर्तालाई २५ प्रतिशत बोनस सेयर बितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

नेपालको जीवन बिमा क्षेत्रको सबैभन्दा ठूलो कम्पनी नेपाल लाईफले बोनसमा लाग्ने कर प्रयोजनका लागि १.३२  प्रतिशत नगद लाभांशको प्रस्ताव समेत पारित गरेको छ ।

उसले एफपीओ निष्काशन पश्चात कायम चुक्ता पूँजीको  २५ प्रतिशतले हुने ६१ करोड ९२ लाख ८५ हजार ७२५ रुपैयाँ बराबरको बोनस सेयर तथा कर प्रयोजनका लागि ३ करोड २५ लाख ९३ हजार ९८६ रुपैयाँ नगद लाभांस वितरण गरेको हो । फागुन २७ गते पछि सेयर खरिद गर्नेले प्रस्तावित बोनस तथा नगद लाभांस पाउने छैनन् ।

दुई अर्ब ४७ करोड ७१ लाख रुपैंया चुक्ता पूँजी रहेको इन्स्योरेन्सको बोनस बितरण पश्चात चुक्ता पूँजी तीन अर्ब नौ करोड ६४ लाख रुपैंया पुगेको छ । चालु आर्थिक बर्षको दोस्रो त्रैमास अर्थात पुस मसान्तसम्ममा इन्स्योरेन्सले १५ करोड ३० लाख रुपैयाँ खुँद नाफा गरेर प्रतिसेयर आम्दानी १४ रुपैयाँ १३ पैसा कायम गरेको थियो ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।