आइतबार बिस्तारित छ सेयर दलालले कति गरे सेयर कारोबार ?

Mar 27, 2017 Merolagani

राजधानी केन्द्रित सेयर कारोबारलाई मुलुकका अन्य स्थानमा पनि बिस्तार गर्ने लक्ष्य अनुरुप आइतबारदेखि छ वटा सेयर दलालहरुले रिमोट वर्क स्टेसनबाट सेयर कारोबार सुरु गरेका छन् । कारोबार सुरु गरेको पहिलो दिनमा छ स्थानबाट एक करोड २१ लाख ४३ हजार रुपैंयाको सेयर किनेबच भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

नेप्सेका अनुसार आइतबार राजधानी बाहिरबाट सेवा सुरु गरेको कालिका सेक्युरिटिजले नेपालगञ्जमा सबैभन्दा धेरै सेयर किनबेच गराएको छ । त्यसै गरी झपाको बिर्तामोडमा श्रीहरी सेक्युरिटिजले दोस्रो ठुलो रकमको सेयर कारोबार गराएको छ । तेस्रो स्थानमा चिवनको नारायणघाटमा सनी सेक्युरिटिजले धेरै सेयर किनबेच गरेको छ भने चौथो स्थानमा इम्पेरियल सेक्युरिटिजले नेपालगञ्जमा धेरै सेयर कारोबार गरेको छ ।

त्यसै गरी बिराटनगरमा क्रिष्टल सेक्युरिटिज कारोबार रकमका आधारमा पाँचौं स्थानमा रहँदा भिजन सेक्युरिटिज बनेपामा छैठौं स्थानमा रहेको छ । छ सेयर दलालले गरेको कारोबार विबरण यस्तो छ ।

यो तथ्यांकलाई हेर्दा सेयर कारोबारमा नेपालगञ्ज अगाडी रहेको छ । दुई ब्रोकरले गरी नेपालगञ्जमा मात्र आइतबार ३४ वटा कारोबारबाट ६५ लाख २८ हजार रुपैंयाको सेयर किनबेच गरेका छन् । आइतबार छ सेयर दलालले गरेको कुल कारोबारको ५० प्रतिशत बढी रकमको सेयर किनबेच नेपालगञ्जमा भएको हो ।

पछिल्लो साता सेयर बजारमा तिब्र सुधार आईरहेका बेला राजधानी बाहिरबाट भैरहेको सेयर कारोबार स्थल बढ्दा बजारलाई अझै टेवा पुग्ने विश्वास गरिएको छ । यसका साथै अरु सेयर दलाल कम्पनीले पनि प्रस्तावित स्थानमा रिमोट वर्क स्टेशन छिटो भन्दा छिटो सञ्चालनमा ल्याउने तयारीलाई तिब्र बनाएका छन् । सबै दलालहरुले राजधानी बाहिर आफ्नो शाखा बिस्तार गरे पछि सेयर कारोबारको चाप बढ्ने देखिन्छ ।

यस अघि विभिन्न दलाल कम्पनीका नौ वटा रिमोट वर्क स्टेशन सञ्चालनमा रहेकोमा आइतबार देखि यो संख्या १५ पुगेको छ । नौ सेयर दलालहरुले यस अघि पोखरा, विराटनगर, धरान, नारायणघाट र धनगढीबाट सेयर कारोबार गराउँदै आएका थिए । नेपाल स्टक एक्सचेञ्जले गत माघ १७ गते सेयर दलालहरुलाई रिमोट वर्क स्टेशन सञ्चालनको प्रकृया सुरु गर्न निर्देशन दिएको थियो । सोही अनुसार दलाल व्यवशायीहरुले स्टेशन बिस्तारको काम अघि बढाएका छन् ।

यो पनि पढ्नुहोस्,              कुन सेयर दलाल कहाँ जादैछन ? 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।