इन्भेष्टमेण्ट बैंकको नगद लाभांस अब पाँच दिनमा संकलन नगरे कहिल्यै नपाइने ?

Mar 27, 2017 Merolagani

नेपाल इन्भेष्टमेण्ट बैंकको पाँच वर्ष पुरानो नगद लाभांस अब पाँच कार्य दिन भित्रमा लगानीकर्ताले संकलन नगरे लाभांस वपातको सानो रकम संकलन गर्न सास्ती खेप्नु पर्ने भएको छ । पाँच वर्ष पुरानो लाभांस अझै बाँकी छ भने बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल क्यापिटलमा तत्काल सम्पर्क राख्नु होस् । बैंकले सूचना प्रकाशित गर्दै चैत २० भित्र लाभांस संकलन नगरे उक्त रकम लगानीकर्ता संरक्षण कोषमा पठाउने बताएको हो ।

बैंकका अनुसार प्रारम्भिक तथ्यांक लगानीकर्ता संरक्षण कोषमा पठाइ सकिएको छ । सो तथ्यांकबाट चार दिनमा लगानीकर्ताले संकलन गरेको रकम घटाएर कोषमा जम्मा हुनेछ । अहिलेसम्म पाँच वर्ष पुरानो मात्र नगद लाभांस ८५ लाख रुपैंयाको हाराहारीमा रहेको भन्दै बैंकले आफ्नो लाभांस संकलन गर्न लगानीकर्तालाई आग्रह गरेको छ । 

लगानीकर्ताले कोषमा जम्मा भएको रकमबाट आफ्नो लाभांस संकलन गर्न कम्पनी रजिष्ट्रारको कार्यालय गएको अर्को प्रकृया पुरा गर्नु पर्ने हुन्छ । अहिले नै उक्त रकम संकलन गरेको खण्डमा पछि त्यस्तो झमेलाको सामना गर्नु पर्ने छैन ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।