चैतभित्र पाँच अर्ब ३८ करोड बराबरको हकप्रद जारी गर्ने कम्पनी कुन कुन हुन् ?

Mar 27, 2017 merolagani

सेयर बजार बुलिस ट्रेन्डमा रहेको अवस्थामा नौं वटा कम्पनीहरुले  दुई अर्ब ७९ करोड बराबरको हकप्रद जारी गर्न लागेका छन् । जसमध्ये तीन वाणिज्य बैंक,तीन विकास बैंक,दुई लघुवित्त कम्पनी र एक इन्स्योरेन्स कम्पनीले चैत्र भित्रै उक्त परिमाणको हकप्रद बिक्री गर्न लागेका हुन् । केही कम्पनीको हकप्रद खुलिसकेको छ भने केही कम्पनीको खुल्ने क्रममा रहेको छ । 

जसमध्ये भार्गव विकास बैंक, मिसन डेभलपमेन्ट बैंक, डिप्रोक्स लघुवित्त, कुमारी बैंक, टुरिजम् डेभलपमेन्ट बैंक, नेरुडे लघुवित्त गरि छ वटा कम्पनीको सोमबारसम्म निष्काशन खुला भैसकेको छ भने एनआईसी एशिया बैंक, सिटिजन्स् बैंक र प्रभु इन्स्योरेन्स गरि तीन कम्पनीको हकप्रद चैत महिनाभित्रै जारी हुँदैछन् ।

 

भार्गव, मिसन, डिप्रोक्स, टुरिजम् गरि चार कम्पनीले शतप्रतिशत, कुमारी, नेरुडे र प्रभु इन्स्योरेन्स कम्पनीले ५० प्रतिशत हकप्रद निष्काशन गर्देछन् भने सिटिजन्सको २५ प्रतिशत तथा एनआईसी एशिया बैंकले १५ प्रतिशत हकप्रद जारी गर्ने लागेका हुन् ।

उता लक्ष्मी बैंकले पनि शतप्रतिशत खुला गर्देछ । बैंकले हकप्रद खुला हुने मिति नतोकेपनी हकप्रद निष्काशनका लागि चैत १८ गते सेयरधनी किताब बन्द गर्ने निर्णय गरेको छ । लक्ष्मीले  तीन करोड १५ लाख ९० हजार ३०३ कित्ता हकप्रद निष्काशन गर्न लागेको हो ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।