नेपाल राष्ट्र बैंकद्धारा पाँच अर्बको १३ वर्षे विकास ऋणपत्र जारी

Mar 27, 2017 merolagani

नेपाल राष्ट्र बैंकले पाँच अर्ब रुपैयाँको १३ वर्षे अवधिको विकास ऋणपत्र जारी गरेको छ । राष्ट्र बैंकले दिर्घकालिन पूँजी संकलनका लागि लामो अवधिको विकास ऋणपत्र जारी गरेको हो । बुधबार निष्कासन हुने पाँच अर्ब रुपैयाँको सो ऋण पत्रको मंगलबार बोलकबोल गरिने भएको छ ।

विकास ऋणपत्र २०८६ ‘क’ मा सोही मंगलबार दिउसो ३ बजेसम्म बोलकवोल मार्फत आवेदन दिन सकिनेछ । विकास ऋणपत्रको सावाँ भुक्तानी २०८६ चैत १६ गते हुनेछ ।

राष्ट्र बैंकका अनुसार विकास ऋणपत्रमा बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्थार नेपाली नागरिकले आवेदन दिन सक्नेछन् । बचत पत्रबाट अर्धबार्षिक रुपमा आर्जित ब्याजमा कर समेत नलाग्ने राष्ट्र बैंकले जानकारी दिएको छ ।

ऋणपत्रमा न्युनतम ५० हजार रुपैयाँ र बढीमा सीमा ननाघ्ने गरी ५० हजारले भागजाने रकमसम्मको लागि आवेदन दिन सकिनेछ । जसमा बोलकवोलमार्फत ऋणपत्र प्रदान गरिने भएको छ ।

कुल ५ अर्ब रुपैयाँमध्ये ८० प्रतिशत प्रतिस्र्धी बोलवाला र २० प्रतिशत अप्रतिस्पर्धी बोलवालाहरुलाई प्रदान गरिने राष्ट्र बैंकले जनाएको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।