राप्ती भेरी बेचिए पछि हकप्रदमा उचालिनेले यसरी जिल खाए, ज्योतीमा भयो विलय

Mar 28, 2017 Merolagani

दुई सय प्रतिशत हकप्रद निष्काशनको अनुमति माग्दै गत माघ १४ गते धितोपत्र बोर्डमा पुगेको राप्ती भेरी विकास बैंक (RBBBL)हकप्रदको बाटो छाडेर ज्योती विकास बैंक(JBBL)मा विलय हुने भएको छ । साधारण सभाबाट हकप्रद पारित गरेदेखि उचालिएर केही दिनमा नाफा कमाउन सेयरको ब्यापार गरिरहेका केही लगानीकर्ता ज्योतीसँग बिलिन हुने निर्णयबाट जिल्लिएका छन् ।

ज्योति विकास बैंकले राप्ती भेरी विकास बैंकलाई आफुमा विलय गर्ने सम्झौतामा मंगलबार हस्ताक्षर भएको छ । सम्झौता अनुसार राप्तीभेरीको प्रस्तावित हकप्रद खारेज गर्दै ज्योतीमा विलय भए पश्चात ज्योतीले अहिले प्रस्ताव गरेको हकप्रद परिमार्जन गर्दै निष्काशन गर्ने भएको छ । सम्झौतामा दुवै बैंकको सेयर स्वाप एक बराबर एक हुने बताइएको छ ।

डिडिए पश्चात उक्त अनुपातमा केही हेरफेर हुन सक्ने पनि सम्झौतामा उल्लेख छ । यसबाट राप्तीभेरीमा अहिले लगानी गरेका लगानीकर्तालाई राम्रो हुने देखिए पनि कारोबारीहरु भने विलय प्रकृयाको अन्त्यसम्म सेयर बेच्न नपाउने गरी फसेका छन् । पछिल्ला दिनमा यस्तै किसिमका कारोबारमा समेत चाप देखिँदै गर्दा क्षमता अनुसारको कम्पनीमा चलाख भएर लगानी गर्नु पर्ने पाठ पनि राप्ती भेरीले छोडेको छ ।

दाङ,बाँके र बर्दिया जिल्लामा कार्यक्षेत्र भएको राप्ती भेरीलाई ज्वोति आफुमा विलय गरे पछि ज्योतीको चुक्ता पूँजी दुई अर्ब ३७ करोड रुपैंया पुग्नेछ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।