सेयर बजारले बुलिस प्रबृत्तिको संकेत गर्दा अब केमा ध्यान दिने ?

Mar 28, 2017 Merolagani

तिलक कोइराला

आफुलाई सेयर बजारको ज्ञाता भनेर चिनाउनेहरु केही दिनअघिसम्म पनि भन्दैथिए - अब सेयर बजारमा बुलिस ट्रेण्ड आउन डेढ बर्ष लाग्छ । कतिपयले सेयर बजार घटेको बेला सेयर बेच्न सकेकोमा खुशीयाली पनि मनाए र बजार अरु घटेर जान्छ भन्ने लहैलहैमा अरुलाई पनि सेयर बेच्न सल्लाह दिए । ती दुबै थरी अर्थात बिश्लेषक र लगानीकर्ताहरु अहिले चित्त खाएको अबस्था छ ।

सेयर बजार धेरै बढेर सर्किट लाउनुपर्ने गरी पैसा कहाँबाट आयो र लगानीकर्ताहरु कतातिरबाट ओईरिए ?

सेयर बजार घटेर न्यन बिन्दुतर्फ जाँदै गर्दा तरलता अभाव, राजनीति, भारतीय नोटको प्रतिबन्ध, अर्बौैको हकप्रद र एफपीओ,  राष्ट्र बैंकको नीति लगायत धेरै कुराहरु बजार घटाईको कारण बताईएको थियो । तर अहिले ती सबै कुरा सेलाएर गई बजार बृद्धिको कारण खोज्न थालिएको छ । बजार घटाईमा जेजति कारणहरु बताईएको थियो, ती सबै कमजोर सावित भएर लगानीकर्ताको मनोबल उठ्न थालेपछि बजारमा फेरि बुलिस प्रबृत्ति हाबी भएको छ । गत सातादेखि बजारमा खरिद चाप बढ्न थाल्दा यस साता त कारोबार रकमले पनि छलाड. मारेको छ ।

 यी कुराहरुको सत्यता प्रमाणित भएको छः

१. तरलता संकट र बढ्दो ब्याज दर वास्तविक थिएन । नत्र यति धेरै पैसा कहाँबाट आयो त ? लगानीकर्ताहरुले आफुसँग राखेकै पैसा निकाले ।

२. हल्ला गरेर लगानीकर्ताहरुको मनोबल कमजोर बनाई सोझा लगानीकर्ताहरुलाई घाटा खाएर सेयर बेच्न बाध्य बनाईएको थियो । केहीले त्यस्तै मनोबृत्तिका ब्यक्तिहरुको लठैत बनी आफ्नो स्वार्थ पुरा गरे ।

३. केही खेलाडीहरुले पहिले महंगोमा सेयर बेचेर बजारबाट सस्तोमा राम्रा कम्पनीको सेयर उठाउने मौका खोजिरहेका थिए । बजार घटेको बेला त्यो मौका छोपे । 

४. सेयर बजार बढेपछि माग र आपुर्तिको सन्तुलन नमिल्दा घट्नु स्वभाविक थियो र जसरी घटेको थियो, त्यस्तै गरी बढेको छ । रात पछि दिन आउँछ भने जस्तै घटाईपछि बढाईलाई स्वभाविक मान्नुपर्छ ।

. पहिले नराम्रा कम्पनीहरुको सेयर मूल्य धेरै बढाईएको थियो, मूल्य घट्दा पनि त्यस्तै कम्पनीहरुको धेरै घट्यो ।

. पहिले सेयरको मूल्य बढ्दा र कारोबार हुँदा बाणिज्य बैंकहरुको उपस्थिति कमजोर थियो तर अहिले दह्रो छ ।

. पहिले संस्थागत र ब्यक्तिगत ठूला लगानीकर्ताहरु सेयर बेच्ने मौका पर्खेर बसेका थिए तर अहिले सेयर किन्दैछन् र सस्तो, राम्रो कम्पनीमा केन्द्रित बन्दैछन् ।

८. तरलता सहज, स्थानीय चुनाव, सेयर बजार घट्ने सिजन सकिएको अबस्था, तेस्रो त्रैमासको बित्तीय बिबरणको प्रतीक्षा, अनलाईन ट्रेडिड. , सेयर दलालको शाखा बिस्तार, जनस्तरमा सेयर बजारप्रति बढ्दो चासो र सहभागिता लगायतका कुराहरुले लगानीकर्ताको मनोबल पहिले भन्दा बलियो बनेको छ ।

अब ध्यान दिनुपर्ने कुरा

१. नेप्से कतिले बढ्यो, कहाँ पुग्यो, कहाँ पुग्ला भन्ने अर्थहिन कुरामा हैन, आफुले कस्ता सेयर किनिएको छ र उसको मूल्य कहाँ पुगेको छ भन्ने कुरा ख्याल गर्ने ।

२. धेरै मूल्य उचालिएका सेयर हैन, मूल्य बढ्न नसकेको राम्रो कम्पनीको सस्तो सेयर खोज्ने । राम्रो कम्पनीको सेयर सस्तो मूल्यमा किन्ने र पर्याप्त फाईदा नभएसम्म राम्रोसँग समाएर राख्ने । 

३. कम्तिमा १० वटा राम्रा कम्पनी छानी पैसा बिकेन्द्रित गरेर लगानी गर्ने । ४०० रुपैयाँदेखि ७०० रुपैयाँसम्मका बाणिज्य बैंकहरु धेरै सुरक्षित छन् । १००० रुपैयाँ तलका  बिमा कम्पनीहरु पनि उपयुक्त छन् । 

४. अरुको बहकाऊ, हल्ला र अफवाहको पछि लाग्दै नलाग्ने ।

. कम्पनीहरुको अबस्था र तेस्रो त्रैमासमा हुनसक्ने परिवर्तनको आँकलन, बिश्लेषण गरेर लगानी गर्ने ।

. आफ्नो औकात र जोखिमबहन क्षमता हेरेर लगानी बढाउने । सेयर बेच्दा फाईदा भएको अबस्थामा पहिले कर्जा तिर्ने अनि आफ्नो फाईदाको हिसाब गर्ने ।

७. नेपालको सेयर बजार बिकासको क्रममा रहेकाले अहिले सुरक्षित रुपमा गरिएको लगानीबाट भबिष्यमा राम्रो प्रतिफल प्राप्त गर्न सकिन्छ भन्ने हेक्का राखिरहने ।

८. सेयर बजार बढ्छ र घट्छ, यो माग र आपुर्तिको नियममा आधारित हुन्छ । यो नियमित प्रक्रिया हो, अभ्यस्त हुन सिकौ ।

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।