स्वदेशी लघुवित्तको तीन लाख कित्ता आइपीओ चैत २५ गतेदेखि निष्काशन खुला हुने

Mar 29, 2017 merolagani

इटहरीमा केन्द्रिय कार्यालय रहेको स्वदेशी लघुवित्त वित्तीय संस्थाले चैत २५ गतेदेखि तीन लाख कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ । लघुवित्त कम्पनीले एक सय रुपैयाँ अंकित दरका ३ करोड रुपैयाँ बराबरको तीन लाख कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो ।

लघुवित्त कम्पनीले निष्काशन गर्न लागेको तीन लाख कित्ता साधारण सेयरमध्ये १२ हजार कित्ता कर्मचारी तथा १५ हजार कित्ता सेयर सामुहिक लगानी कोषहरुको लागि सुरक्षित गरिएको छ । लघुवित्तले बाँकी रहेको दुई लाख ७३ हजार कित्ता सेयर सर्वसाधारणहरुलाई २५ गतेबाट सेयरमा आवेदन संकलन गर्न लागेको हो ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ । कम्पनीको आईपीओमा आस्वा सदस्यको अनुमति लिएका बैंक तथा वित्तिय संस्थाका कार्यालयहरु, एनएमबि क्यापिटल, एनएमबि बैंकका शाखा कार्यालयहरु, र संस्थाको केन्द्रिय कार्यालय ईटहरीबाट साधारण सेयरमा चैत २९ गतेसम्म आवेदन गर्न सकिनेछ ।

हाल कम्पनीको ७ करोड रुपैयाँ चुक्तापूँजी रहेको छ । साधरण सेयर जारी गरेपछि कम्पनीको पूँजी दश करोड रुपैयाँ पुग्नेछ । कम्पनीको जगेडा कोषमा १ करोड ८१ लाख रहेको छ । कम्पनीले चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्मा एक करोड ३५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । संस्थाले यसअवधिमा २१ करोड ३३ लाख रुपैँया निक्षेप संकलन तथा एक अर्ब पाँच करोड २१ लाख रुपैँया कर्जा परिचालन गरेको छ ।

इटहरीमा केन्द्रिय कार्यलय रहेको लघुवित्तले विभिन्न ३९ जिल्लामा ५० शाखा सञ्जाल मार्फत लघुवित्त सेवा प्रदान गर्दे आएको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।