नेपाल बैंकलाई डेढ अर्बको हकप्रद सेयर जारी गर्न धितोपत्र बोर्डले दियोे अनुमति

Mar 29, 2017 merolagani

नेपाल बैंक (NBL) ले हकप्रद निष्कासनको लागि धितोपत्रबोर्डबाट अनुमति पाएको छ । बैंकले हाल कायम चुक्तापूँजी २३.७४ प्रतिशत हकप्रद निष्कासनको माग गर्दे बोर्डमा आवेदन गरेको थियो ।

बैंकले एक अर्ब ५४ करोड ३१ लाख रुपैयाँ बराबरको एक करोड ५४ लाख ३१ हजार ८४० कित्ता हकप्रद सेयर जारी गर्नेछ । यसका लागि  बैंकले सिभिल क्यापिटलाई बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ । 

हाल नेपाल बैंकको चुक्तापूँजी ६ अर्ब ४९ करोड रुपैयाँ छ । हकप्रद पश्चात बैंकको पूँजी आठ अर्ब ८ अर्ब चार करोडको हाराहारीमा पुग्नेछ ।

बैंकले दोस्रो त्रैमाससम्ममा एक अर्ब ८९ करोड खुद नाफा कमाएको छ । 

बैंकको जगेडा कोषमा दुई अर्ब २४ करोड छ भने निक्षेप संकलन र कर्जा बिस्तार गर्दै लगेको छ । बैंकको प्रति सेयर नेटवर्थ १३५ रुपैयाँ, प्रति सेयर आम्दानी ५८ रुपैयाँ, मूल्य आम्दानी अनुपात ७ गुणा मात्र र निस्क्रिय कर्जा २.८५ प्रतिशत मात्र रहेको छ । यसले बैंकको अबस्था सुदृढ हुँदै गएको देखाउँछ ।

बिगतमा खराब कर्जाले थलिएर बिघटनको डिलमा पुगेर फर्किएको नेपालको पहिलो बैंक नेपाल बैंकले हकप्रद जारी गरी आठ अर्ब चुक्ता पूँजी पुर्याएपछि झन् बलियो हुने छ । हकप्रदकै कुराले मात्र मूल्य उचालिनु धेरै फाइदाजनक नहुनसक्छ ।  बैंकले यस आर्थिक बर्षको कमाईबाट केही लाभांश समेत बाड्ने अबस्थामा आफुलाई उभ्यायो भने लगानीकर्ताहरुले बर्षौपछि आफ्नो दिन फिरेको अनुभुति गर्ने नै छन् । 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।