बंगलादेश बैंकको ८० प्रतिशत हकप्रद किन्न ईच्छुक लगानीकर्ताले आजै सेयर खरिदगरी सक्नुपर्नेछ भनेहकप्रद नभर्नेले सेयर बेच्नुपर्नेछ । बैंकले तीन अर्ब २० करोड ९४ लाख ६ हजार ८८० रुपैयाँको तीन करोड २० लाख ९४ हजार ६८ कित्ता हकप्रद सेयर बिक्री गर्नेछ । बैंकको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।
बैंकको चुक्तापुँजी हाल चार अर्ब एक करोड १७ लाख ५९ हजार रुपैयाँ छ । हकप्रद पश्चात बैंकको पुँजी सात अर्ब २२ करोड पुग्नेछ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा नेपाल बंगलादेश बैंकले ५४ करोड ६ लाख २९ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
त्यस्तै हिमालयन बैंकको एक लाख ४५ हजार ५६० कित्ता सेयर लिलामी भर्ने पनि आजै अन्तिम दिन हो । आज बैकिङ् कार्यालय समयसम्म मात्र लिलामीको सेयरमा आवेदन गर्न पाइनेछ ।
हिमालयनले कात्तिक २६ देखि मंसिर ३० गतेसम्म हकप्रद सेयर बिक्री खुला गरेको थियो । जसमा नबिकेको सेयर अहिले लिलामीमा लगेको हो ।
हिमालयनको लिलामी सेयरको बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ । आवेदकले लक्ष्मी क्यापिटल मार्केट लिमिटेड नयाँबानेश्वर काठमाडौंमा पुग्ने गरी आवेदन फारम बुझाउनुपर्नेछ । बोलपत्र चैत १७ गते बिहान ११ बजे जय गणेश कमलादी ब्यांकेट कमलादी काठमाडौंमा खोलिनेछ ।
हाल हिमालयनको चुक्ता पुँजी ६ अर्ब ४७ करोड रुपैयाँ छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा हिमालयनले एक अर्ब दुई करोड ७८ लाख ७९ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।