एस बी एस सी नेपालको ब्राण्ड एम्बेसडर बने जितु नेपाल

Mar 29, 2017 Merolagani

एसबीएससी नेपालले चर्चित हास्य कलाकार जितु नेपाललाई ब्राण्ड एम्बेसडर नियुक्त गरेको छ । ११औं बर्ष प्रबेश कार्यक्रमका अवसरमा एसबीएससीले देशलाई योगदान दिएका बिभिन्न ब्यक्तिहरुलाई सम्मान समेत गरेको छ ।
कार्यक्रममा पत्रकार तथा जनआन्दोलनका घाइते मेघराज आर्चायलाई नगद ११ हजार एक सय ११ रुपैँयाले सम्मान गरिएको हो ।

बर्षगाँठको अवसरमा एस बी एस सी नेपालले बिद्यार्थी तथा सामाजिक क्षेत्रमा प्रशंसनिय योगदान पुर्याउने ब्यक्ति तथा संस्थाहरुलाई सम्मान तथा सहयोग प्रदान गर्ने निर्णय समेत गरेको छ ।

बर्षगाँठको आवसरमा आयोजनाको गरिएको कार्यक्रममा हाँस्यकलाकार दीपक राज गिरी, गायिका कोमल ओली, गायक बद्री पंगेनीलाई सम्मान गर्नुका साथै शैक्षिक परामर्शबाट प्राप्त केहि रकम सामाजिक कार्यमा लगानी गर्ने निर्णय भएको बताइएको विज्ञप्तीमा उल्लेख छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।