सेयरबजारमा दिनभर ठूलो अन्तरको उतारचढाब, एनबी बैंकको किन भयो उच्च कारोबार ?

Mar 29, 2017 merolagani

सेयरबजारमा बुधबार तीब्र उतारचढाबकाबीच नेपाल बंगलादेश बैंकको सर्वाधिक कारोबार भएको छ । वाणिज्य बैंक समूहको मात्रै करिब एक अर्ब दश करोडको कारोबार हुँदा नेपाल बंगलादेश बैंकको हिस्सा ५८ करोड छ ।

यसदिन एनबी बैंकको संस्थापक र साधारणगरी ५८ करोड बढीको सेयर किनबेच भयो। बंगलादेश बैंकको ३८ करोड बराबरको संस्थापक तथा २० करोडको साधारण सेयरको कारोबार भयो ।

८० प्रतिशत हकप्रदका लागि बंगलादेश बैंकको विहीबारबाट बुक क्लोज हुने भएपछि उच्च कारोबार भएको हो ।

२३ प्रतिशत हकप्रद जारी गर्ने अनुमति पाएपछि नेपाल बैंकको कारोबार पनि दश करोड नाघेको छ । सानिमा बैंकको पनि दश करोड बराबरकै सेयर किनबेच भयो ।

अघिल्लो दिन खरिदकर्ताको अत्यधिक चापले नियमित कारोबार भन्दा करिब एक घण्टा अगावै बजार बन्द हुँदा बुधबारको बजारमा पनि खरिदकर्ताको ओईरो लागेको हो । जसले गर्दा एकैदिन दुई अर्ब ५६ करोड बढीको सेयर किनबेच भयो ।

सेयर कारोबारमा उछाल आएपनि अघिल्लो दिनको तुलनामा नेप्से भने २२.३३ अंकले ओरालो लागेको छ । उत्पादन बाहेकका सबै समूह नकारात्मक रहेपछि बजार ओरालो लागेको हो । बजार न्यून विन्दुमा रहदा सेयर किनेकाहरु नाफा सुरक्षित गर्नतर्फ लागेको र नयाँ तथा ठुला लगानीकर्ताहरु बजार प्रवेश गरेकाले लगातार दैनिक उच्चदरले कारोबार हुँदै आएको छ ।

यसदिन सिन्धु र कन्काई विकास बैंकका लगानीकर्ता धेरै कमाउनेमा परे । यी दुवै कम्पनीको सेयरमूल्य नौ प्रतिशत बढीले उकालो लागेको छ । एनबी बैंकका संस्थापक सेयरधनीले भने सबैभन्दा धेरै गुमाए ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।