१८ करोड ७९ लाख रुपैँया चुक्ता पूँजी रहेको फाईनाइन्सको जगेडा कोष भने अझै १७ करोड ९२ लाख रुपैँया ऋणात्मक रहेको वित्तिय विवरण बुधबार सार्वजनिक गरेको छ । गत बर्ष फाईनाइन्सको जगेडाकोष १५ करोड ६८ लाख रुपैँया ऋणात्मक रहेको थियो । गत बर्ष १२ करोड ५४ लाख सञ्चालन घाटामा रहेको फाईनाइन्स कम्पनी यसबर्षको यस अवधिमा आईपुग्दा ४० लाख २१ हजार नाफा गर्न सफल भएको हो ।
समिक्षा अवधिमा फाईनाइन्सले १९ करोड ६१ लाख रुपैँया निक्षेप संकलन गरि ४६ करोड ६३ लाख रुपैँया कर्जा प्रवाह गरेको छ । यसबाट कम्पनीले एक करोड १३ लाख व्याज आम्दानी कमाएको छ । कम्पनी गत बर्षको यसै अवधिमा ११ करोड रुपैँया व्याज आम्दानी नोक्सानीमा रहेको थियो । खराब कर्जामा असुलीमा भने पुस सम्ममा कम्पनीले पाँच करोड ४१ लाख रुपैँया राईटव्याक गर्न सफल भएको छ ।
गत बर्षको पुसमा निष्कृय कर्जा अनुपात गत बर्ष ७०.१२ प्रतिशत रहेकोमा यस बर्षको पुस मसान्तसम्ममा बढेर ८९.१९ प्रतिशतमा पुगेको छ । प्रतिसेयर आम्दानी ४९.५८ रुपैँया रहेको फाईनाइन्सको प्रतिसेयर नेटवर्थ भने ४.६२ रुपैँया मात्र रहेको छ । यसले कम्पनीको अवस्था नाजुक रहेको देखाउँछ । फाइनाइन्स कम्पनीको तरलता अनुपात ६२.०७ प्रतिशत रहेकोले मजबुत नै देखिन्छ ।
अझैसम्म समस्याग्रस्त रुपमा सञ्चालनमा रहेको फाईनाइन्स कम्पनी निक्षेपकर्तालाई रकम फिर्ता गर्ने र कर्जा असुली कार्यलाई प्राथमिकता दिँदै प्रगति उन्मुख अवस्थामा रहेको छ ।