यस सहायताले अपि हिमालयलाई कृषकहरूको क्षमता विकास लगायतका विभिन्न थप सेवाहरू प्रदान गर्न मद्दत गर्ने छ । जसले बीउको मूल्य श्रृंखलालाई सबल बनाउने काम गर्ने सम्बन्धमा सम्झौता केन्द्रित छ ।
कञ्चन डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत बिरुराम जैशील बैंकले कैलाली, कञ्चनपुर र डडेल्धुराका १० हजारभन्दा बढी बीउ उत्पादक कृषकहरूलाई ऋण तथा अन्य वित्तीय सेवाहरू प्रदान गर्ने बताए । अपि हिमालयबाट कृषकहरूले प्राप्त गर्ने वित्तीय पहुँच र अन्य मूल्य अभिवृद्धिका सेवाहरूले उनीहरूले आयस्तर ४०% भन्दा बढीले वृद्धि हुने अपेक्षा बैंकको रहेको छ ।
त्यस्तै कार्यक्रममा सक्षमको टोली प्रमुख श्री बलजित बोहराले गुणस्तरीय बीउ तथा अन्य निवेशको अभाव नेपालका कृषकहरूले सामना गरेको भन्दै कार्यक्रमबाट कृषकहरूले सामना गर्ने ती समस्याहरूको सम्बोधन गर्ने लक्ष्य लिएको बताए ।
सक्षम यूकेएडद्वारा वित्तपोषित वित्तीय पहुँचसम्बन्धी कार्यक्रमलाई नेपालमा डिएफआइडी नेपालका लागि लुइस बर्जरले विभिन्न स्थानीय तथा अन्तर्राष्ट्रिय संस्थाहरूसँगको साझेदारीमा कार्यान्वयन गरिरहेको छ ।