गत आर्थिक वर्षको कमाईबाट लगानीकर्तालाई बोनस बितरणको प्रस्ताव गरेका तथा हकप्रद सेयर निष्काशनका लागि अन्तिम तयारी सकेका चार बैंकहरुको शुक्रबार सेयरधनी पुस्तिका बन्द हुँदैछ । सेयर बजार बढेका बेला नउचालिई सुरक्षित लगानी गर्दै समायोजन पछि बोनस तथा हकप्रद सुरक्षित गर्न चाहनेले बिहीबार उल्लेखित संस्थाको सेयर खरिद गर्नु पर्ने हुन्छ ।