एनबी बैंकको ८० प्रतिशत हकप्रदको समायोजित मूल्य कति ?

Mar 30, 2017 merolagani

स्टक एक्सचेञ्जले नेपाल बङ्गलादेश बैंक (NBB) को ८० प्रतिशत हकप्रद सेयरको समायोजीत सेयरमूल्य ४५२ रुपैयाँ तोकेको छ । यसअनुसार नेप्सेमा ८० प्रतिशत हकप्रदपछि बिहीबार प्रतिकित्ता ४५२ रुपैयाँमा पहिलो कारोबार  सुरु भएको हो ।

नेप्सेले बैंकको १८० दिनको सेयरमूल्यलाई आधार मानेर बैंकको औसत आधार मूल्य ५७४ रुपैयाँ निर्धारण गरेको छ । बङ्गलादेश बैंकले १० बराबर आठ कित्ता सेयर अनुपातमा तीन अर्ब २० करोड ९४ लाख ६ हजार ८८० रुपैयाँ बराबरको एक सय रुपैँया अंकित दरका तीन करोड २० लाख ९४ हजार ६८.८० कित्ता हकप्रद सेयर बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल बिक्री गर्दैछ ।

बङ्गलादेशको हाल चार अर्ब एक करोड १७ लाख रुपैयाँ चुक्ता पूँजी छ । हकप्रद पछि बैंकको चुक्ता पूँजी सात अर्ब २२ करोड पुग्नेछ । बैंकले गतबर्षको कमाईबाट लगानीकर्तालाई ३२ प्रतिशत बोनस वितरण गरेको थियो ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।