हाम्रो विकास बैंक र फर्स्ट माईक्रोफाईनाइन्सको हकप्रद धितोपत्र बोर्डबाट स्वीकृत

Mar 30, 2017 merolagani

हाम्रो विकास बैंक (HAMRO) र फर्स्ट माईक्रोफाईनाइन्स (FMDBL) ले पूँजी वृद्धिका लागि प्रस्ताव गरेको क्रमश दुई सय प्रतिशत हकप्रद तथा  फर्स्ट माईक्रोफाईनाइन्सको पचास प्रतिशत हकप्रदले विहीबार धितोपत्र बोर्डबाट अनुमति पाएका छन् ।

हाम्रो विकास बैंकले बोर्डबाट ३० करोड ५८ लाख ३३ हजार ९ सय रुपैँया मूल्य बराबरको ३० लाख ५८ हजार ३३९ कित्ता सेयर जारी गर्ने अनुमति पाएको हो ।

उता फर्स्ट माईक्रोले १३ करोड २२ लाख ५० हजार रुपैँया मूल्य बराबरको एक सय रुपैँया अंकित दरको १३ लाख २२ हजार पाँच सय कित्ता हकप्रद सेयर ािष्काशनको अनुमति धितोपत्र बोर्डबाट पाएको छ । 

नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय सस्ंथा नियमन विभागबाट भाद्र ८ मा जारी गरेको परिपत्र अनुसार राष्ट्रिय स्तरको थोक कर्जा प्रदान गर्ने लघुवित्त वित्तीय संस्थाको पूँजी ६० करोड पुर्याउने व्यवस्था गरेको छ । १५ प्रतिशत बोनश पश्चात फर्स्ट माईक्रोफाईनाइन्सको चुक्तापूँजी २६ करोड ४५ लाख रुपैयाँ बाट ३९ करोड ६७ लाख रुपैयाँ पुग्नेछ । केन्द्रिय बैंकले तोकेको पूँजी पुर्याउन अब कम्पनीलाई थप २० करोड बढी पूँजी आवश्यक पर्नेछ ।

१५ करोड २९ लाख रुपैँया चुक्ता पूँजी र तीन जिल्ला कार्यक्षेत्रको हाम्रोले लगानीकर्तालाई गत बर्षको कमाईबाट २५ प्रतिशत बोनस प्रदान गरेको थियो । दुई सय प्रतिशत हकप्रद निष्काशन पश्चात बैंकको चुक्ता पूँजी ४५ करोड ८७ लाख रुपैँया पुग्नेछ ।

बैंकलाई राष्ट्र बैंकले तोकेको पूँजी पुर्याउन थप चार करोड १३ लाख रुपैँया बैंकले बोनस जारी गरेर पुरा गर्ने साधारणसभाबाट निर्णय गरेको छ । तर पुससम्म २८ रुपैँया १३ पैसा प्रतिसेयर आम्दानी रहेको बैंकको दुई सय प्रतिशतले पूँजी वृद्धि भएपछि प्रतिसेयर आम्दानी पनि घट्न जाने भएकाले उचालिएर सेयर किन्नु घातक हुनसक्छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।