हिमालयन बैंकको कति मूल्यमा बोलपत्र पेश गर्नेले सेयर पाए ?

Mar 31, 2017 merolagani

हिमालयन बैंक लिमिटेडले एक लाख ४५ हजार ५६० कित्ता सेयर लिलामी मार्फत बिक्रि गरेको छ । बैंकको चैत १० गतेदेखि १६ गतेसम्म बोलकबोल मार्फत लिलमी गरेको सेयर प्रतिकित्ता ९३१ रुपैँयामाथि  बोलकबोल गरेका लगानीकर्ताले सकारेका हुन् ।

बैंकको सेयर बिक्री प्रबन्धक लक्ष्मी क्यापिटलले दिएको जानकारि अनुसार बैंकको सेयरमा न्यूनतम एक सय रुपैँयादेखि अधिकतम ११७५ रुपैँयासम्मको आवेदन परेको थियो । बैंकको सेयर बोलकबोलमा जम्मा ११५८ जना लगानीकर्ता सहभागि भएका थिए ।

हिमालयनले कात्तिक २६ देखि मंसिर ३० गतेसम्म सात बराबर एक अनुपातमा हकप्रद सेयर बिक्री खुला गरेकोमा बिक्री नभएको उक्त परिमाणको सेयर चैत १७ गते ११ बजे जय गणेश कमलादी ब्यांकेट कमलादी काठमाडौंमा खोलिएको हो ।

हाल हिमालयनको चुक्ता पुँजी ६ अर्ब ४७ करोड रुपैयाँ छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा हिमालयनले एक अर्ब दुई करोड ७८ लाख ७९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको सेयर विहीबार नेप्सेमा ९८० रुपैँयामा कारोबार भएको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।