हाल कम्पनीको ६७ करोड १३ लाख रुपैंया चुक्ता पूँजी रहेको छ । २० प्रतिशत बोनसपछि चुक्ता पूँजी ८० करोड ५५ लाख रुपैयाँ पुग्नेछ भने त्यसपश्चात ५० प्रतिशत हकप्रद बिक्री गर्दा कम्पनीको चुक्ता पूँजी करिब एक अर्ब २१ करोड रुपैंया पुग्नेछ ।
त्यस्तै साधारणसभाले विजयकुमार सरावगी,दिनेशलाल श्रेष्ठ,सुशान्त चाचान, दीपककुमार श्रेष्ठ, सुरेन्द्र गोयल, रबिकुमार गुप्ता र सौरभ रुगंटा संचालकमा निर्विरोध चयन गरेको छ । यसैगरी सर्वसाधारण सेयरधनीको समूह ‘ख’ बाट रबी कुमार गुप्ता र सौरभ रुगंटालाई आगामी चार वर्षको लागि संचालक पदमा निर्वाचित गरेको कम्पनी जनाएको छ ।