शुक्रबार बुक क्लोज भएका यी चार कम्पनीको सेयर मूल्य समायोजन किन भएन ?

Apr 02, 2017 Merolagani

बोनस सेयर तथा हकप्रद सेयर जारी गर्ने प्रयोजनका लागि गत शुक्रबार चैत्र १८ गते सेयरधनी दर्ता किताब बन्द अर्थात बुक क्लोज भएका कम्पनीहरुको सेयर मूल्य समायोजन आज आईतबार सेयर कारोबार खुल्नु अगावै हुनुपर्ने थियो तर त्यो नहुँदा हजारौं लगानीकर्ता प्रभावित भएका छन् ।

सानिमा बैंक(SANIMA)को ३० प्रतिशत हकप्रद, लक्ष्मी बैंक(LBL)को शतप्रतिशत हकप्रद, कृषि विकास बैंक(ADBL)को २० प्रतिशत बोनस र सेञ्चुरी(CCBL)को दश प्रतिशत बोनसका लागि शुक्रबार सेयरधनी दर्ता पुस्तिका बन्द हुने सूचनाले विहीबार यी कम्पनीहरुको उच्च कारोबार भएको थियो ।

समायोजित सेयर मूल्य कति हुन्छ भनी प्रतीक्षा गरेर बसेका लगानीकर्ताहरु नेपाल स्टक एक्सचेन्जको वेभसाईटमा आईतबार दिउँसो साढे १२ बजेसम्म पनि कुनै जानकारी नपाउँदा अन्योलमा परे । सेयर मूल्य समायोजन नभएका कारण ती कम्पनीको सेयर कारोबार समेत हुन सकेको छैन ।

यस बारेमा नेप्से र सम्बन्धित कम्पनीहरुले केही बताएका छैनन् ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।