सेयर बजारमा लाग्यो आज पहिलो सर्किट ब्रेक, बीमाको अत्यधिक मूल्यबृद्धिले बजारलाई नयाँ उचाई

Apr 02, 2017 Merolagani


बीमा समितिले बीमा कम्पनीहरुको चुक्ता पूँजी बढाउने निर्णय सार्बजनिक गरेपछि भएको पहिलो दिनको सेयर कारोबारमा पहिलो सर्किट ब्रेक लागेर आघा घण्टाका लागि कारोबार रोकिएको छ ।

दिउँसो १ बजे नेप्से परिसूचक समग्र रुपमा चार प्रतिशतले बढेपछि पहिलो सर्किट लागेको हो । नेप्सेमा ६३.५७ अंकको बृद्धि हुँदा सूचक १६५१.२१ पुगेको छ भने ८० करोड ५४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

प्राय सबै बीमा कम्पनीहरुको सेयर मूल्य १० प्रतिशतले बढ्दा पनि बिक्रीकर्ताको चरम अभाव देखिएको छ । बीमा कम्पनीको सूचक झण्डै ७०० अंकले बढेपछि नेप्सेमा सर्किट लागेको हो । यसमा बाणिज्य बैंक, होटल र बिकास बैंकहरुको सूचक पनि उल्लेखनीय रुपमा बढेर सर्किट लाग्ने अबस्था आएको हो । बीमाका साथै तेस्रो त्रैमासमा गर्ने प्रगति आँकलनको कारणले बाणिज्य बैंकतर्फ पनि लगानीकर्ताहरुको आकर्षण देखिएको छ ।

कारोबार बन्द भएको ३० मिनेट पछि खुल्ने बजार फेरि थप एक प्रतिशतले बढेमा आजका लागि पुरै कारोबार बन्द हुनेछ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।