त्रिबेणीलाई गाभेको जनता बैंकले चैत्र २५ गतेदेखि एकीकृत कारोबार थाल्ने

Apr 03, 2017 merolagani

जनता बैंक (JBNL) ले त्रिवेणी विकास बैंक (TBBL) लाई आफुमा गाभेर चैत २५ गतेबाट एकीकृत कारोबार सुरु गर्ने भएको छ । एकीकृत कारोबार गर्न चैत ६ गते राष्ट्र बैंक र चैत १३ गते कम्पनी रजिष्टारको कार्यालयले अन्तिम स्वीकृति प्रदान गरेपछि एकीकृत कारोबार हुन दिन निश्चित भएको हो ।

एकीकृत कारोबार ब्यवस्था मिलाउन दुबै बैंकको वित्तिय कारोबार चैत २४ गते विहीबार बन्द हुने भएको छ  । साथै धितोपत्र बोर्डले गरेको व्यवस्था अनुसार एकीकृत कारोबार सुरु भएको दुई साता भित्रमा सेयर कारोबार सुचारु गराउने प्रकृयामा बैंक लागेको छ ।

गत कात्तिक १७ गते सम्झौता गरी एक बराबर एक अनुपातमा मर्जरमा गएको बैंकको मर्जर पछि चुक्ता पूँजी चार अर्ब ९० करोड रुपैंयाको हारहारीमा पुगेको छ । सिद्धार्थ डेभ्लपमेन्ट बैंकलाई आफुमा विलय गर्ने सम्झौता गरेको जनताले उसलाई पनि एक बराबर एक कित्ता सेयर दिने भएको छ । यस अघि जनता बैंकले त्रिबेणीलाई गाभेर ६० प्रतिशत हकप्रद जारी गर्दै चुक्ता पूँजी आठ अर्ब पुर्याउने निर्णय गरेको थियो । अब सिद्धार्थलाई मिलाएपछि नै चुक्ता पूँजी आठ अर्ब हाराहारी पुग्ने भएकाले जनताले प्रस्ताव गरेको हकप्रदमा पुनर्बिचार हुनसक्ने बैंकले जनाएको छ ।

अहिले एक अर्ब ४१ करोड रुपैंया चुक्ता पूँजी रहेको सिद्धार्थले ६० प्रतिशत हकप्रद निष्काशन गरिरहेको छ । सो हकप्रद पछि उसको चुक्ता पूँजी दुई अर्ब २७ करोड पुग्ने छ । त्रिवेणीसँगको मर्जरबाट जनताको पूँजी चार अर्ब ९० करोड पुगे पछि सिद्धार्थ मिसिदा चुक्ता पूँजी सात अर्ब २० करोड हारहारीमा पुग्नेछ । चालु आर्थिक वर्षको कमाईबाट प्रतिफल बितरण गरेर वा हकप्रदबाट बैंकले आठ अर्ब रुपैंयाको पूँजी तयार गर्नेछ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।