चार वाणिज्य बैंक सहित पाँच कम्पनीको सेयरमूल्य कतिमा भयो समायोजन ?

Apr 03, 2017 merolagani

नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा सोमबार चार वाणिज्य बैंक सहित पाँच कम्पनीको सेयरमूल्य समायोजन भएको छ । नेप्सेले सानिमा बैंक (SANIMA), लक्ष्मी बैंक(LBL), कृषि विकास बैंक(ADBL), सेञ्चुरी बैंक(CCBL@) र सेति फाइनान्स(SETI)को सेयरमूल्य समायोजन गरेको हो ।

सानिमा बैंकको ३० प्रतिशत हकप्रद पछि प्रतिकित्ता ४६५ रुपैयाँ कायम भएको छ ।जसको आधारमूल्य ५२८ रुपैयाँ रहेको छ । शतप्रतिशत हकप्रद पश्चात लक्ष्मी बैंकको सेयरमूल्य ४४९ रुपैयाँ कायम भएको छ । जसको आधारमूल्य ४५५ रुपैयाँ रहेको छ । 

त्यस्तै २० प्रतिशत बोनस पछि कृषि विकास बैंकको प्रतिकित्ता ४७८ रुपैयाँ कायम भएको छ । जसको आधारमूल्य ५३० रुपैयाँ छ । सेञ्चुरीको दश प्रतिशत बोनसपछि सेयरमूल्य ३६२ कायम भएको छ । जसको आधारमूल्य ३७१ रुपैयाँ छ ।

सेति फाइनान्सको पनि ३.६ प्रतिशत बोनसपछि सेयरमूल्य २५१ कायम भएको छ । जसको आधारमूल्य २५२ रुपैयाँ रहेको छ ।

बोनस सेयर तथा हकप्रद सेयर जारी गर्ने प्रयोजनका लागि गत शुक्रबार चैत्र १८ गते सेयरधनी दर्ता किताब बन्द अर्थात बुक क्लोज भएका चार वाणिज्य बैंकको सेयर मूल्य समायोजन आईतबार सेयर कारोबार खुल्नु अगावै हुनुपर्ने थियो तर त्यो नहुँदा हजारौं लगानीकर्ता प्रभावित भएका छन् ।

सेयर मूल्य समायोजन नभएका कारण आइतबार ती कम्पनीको सेयर कारोबार समेत भएन ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।