साधारण सभाले संस्थापक शेयरधनी समूहबाट चन्द्र प्रसाद ढकाल,सुहृदराज घिमिरे, पवन कुमार भिमसरिया तथा सर्वसाधारण शेयरधनीको तर्फबाट सुदर्शन कृष्ण श्रेष्ठ, सुमन पोखरेल, सुरज कुमार श्रेष्ठलाई बैंक संचालकमा निर्विरोध निर्वाचित गरेको छ ।
बैंकले हालैमात्र प्यासिफिक डेभलपमेन्ट बैंकलाई एक्वायर गरिसकेको छ भने रिलायवल डेभलपमेन्ट बैंकलाई एक्वायर गर्ने सम्झौता भई प्रकृयामा रहेको छ । साधारण सभाले सेयरधनीलाई १५.७६ प्रतिशत बोनस सेयर प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । बैंकले गत आर्थिक बर्षको कमाईबाट चैत ६ गतेसम्म कायम भएका सेयरधनीलाई उक्त लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गरेको गरेको हो । बैंकले गत आर्थिक बर्षमा एक अर्ब ३८ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । १५.७६ प्रतिशत बोनसपछि बैंकको चुक्ता पूँजी ७ अर्ब २४ करोड २६ लाख, निक्षेप ८७ अर्ब, तथा कर्जा लगानी ७२ अर्ब रुपैयाँ पुगेको छ । बैंकले पुस मसान्तसम्ममा ९१ करोड ७७ लाख रुपैँया खुद नाफा कमाएर प्रतिसेयर आम्दानी २५ रुपैयाँ ३५ पैसा कायम गरेको छ ।
सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्य लिएर बैंकले हाल ९४ शाखा, ६ एक्सटेन्सन काउण्टर, १० राजश्व संकलन काउण्टर, १ वटा सिडिएससि काउण्टर, १०६ एटिएम टर्मिनल, तथा ४४ स्थानबाट शाखा रहित बैंकिङ्ग सेवा प्रदान गर्दे आईरहेको छ ।