एनसीसी बैंकले ऋण उठाउन लिलाममा निकाल्यो ठूला घरजग्गा ब्यवसायीका करोडौंको जग्गा

Apr 04, 2017 Merolagani

नेपाल क्रेडिट एण्ड कर्मस बैंक(NCCB)ले आफुमा गाभिएको एपेक्स डेभलपमेन्ट बैंक मार्फत प्रवाह भएका ठूला ऋणीहरुको धितो लिलामीमा राखेर करोडौ ऋण असुलीको प्रक्रिया तीब्र पारेको छ । बैंकले भक्तपुर ताथलीका कयौं रोपनी जग्गाहरु लिलाम सकार्न चाहनेहरुलाई १५ दिने सूचना मार्फत आब्हान गरेको छ ।

तत्कालीन एपेक्स डेभ्लपमेन्ट बैंकबाट राजन भेटवालको गुरु दक्षिणकाली हाउजिङ्ग, मन्जिल भेटवाल सञ्चालककोे गुरु गोरखनाथ हाउजिङ्ग, सुनिता रेग्मी सञ्चालक रहेको भुषण सप्लार्यस प्रा. लि, लेखनाथ दाहाल सञ्चालक रहेको म्याङलुङ्ग हाउजिङ्ग प्रा.लि, प्रमेश शाह सञ्चालक रहेको अदिती ईन्टरप्राईजेज, रोहित दाहाल सञ्चालक रहेको अरुणिमा हाउजिङ्ग प्रा.लि, पुर्णकुमार खड्का सञ्चालक रहेको आरोहण हाउजिङ्ग तथा कृषि फार्म प्रा.लि, शान्ता राई सञ्चालक रहेको मेघा हिल सिटी प्रा.लि, नविन कार्की सञ्चालक रहेको सुकृति आवास प्रा.लि र गोपालबाबु श्रेष्ठ सञ्चालक रहेको ओम श्री मल्टिप्रर्पोज इन्डष्र्टि«ज प्रा.लिलगायतका कम्पनी तथा ब्यक्तिहरुको जग्गा लिलाममा राखिएको छ ।

एनसीसीले तत्कालीन ऐपेक्सको तर्फबाट प्रबाह भएका एक अर्ब रुपैयाँ भन्दा बढी कर्जा तथा सार्बाँ ब्याज असुली गर्न धितो लिलामको प्रक्रिया थालेको बुझिएको छ । बिगतमा घरजग्गा ब्यवसायमा लगानी गरेर कर्जाको साँबाँ ब्याज तिर्न नसकी घरजग्गा ब्यवसायीहरु समस्यामा परेपछि एपेक्स पनि समस्यामा परेको थियो । एनसीसी बैंकलाई एपेक्सका तर्फबाट प्रबाह भएका कर्जा असुली गर्न राष्ट्र बैंकले कडा निर्देशन दिएपछि धितो लिलामी सुरु गरिएको भए पनि ऋणीलाई कर्जा भुक्तान गर्न पनि बैंकले पर्याप्त मौका दिएको छ । धितो लिलामीकै अबधिमा पनि कर्जा तिर्न तयार भए लिलाम प्रक्रिया रोक्ने प्रावधान राखेर बैंकले सूचना निकालेको छ ।

भक्तपुरमा पूर्वी नेपाल नेपालबाट आएकाहरुको बसोबास चाप बढेको र जग्गा किनबेचको कारोबार पनि तीब्र रहेकाले लिलामीमा निकालिएका जग्गाहरु सजिलै बिक्ने आँकलन गरिएको छ । यी जग्गाहरु बिक्री भएमा एनसीसी बैंकले दोस्रो त्रैमासमा प्रोभिजन गरेको ६५ करोड रुपैयाँ नाफामा तानेर देखाउन पाउने त छदैछ, बैंकको बित्तीय अबस्था सुधारमा पनि निकै सहयोग पुग्ने बताईएको छ ।

चार वटा बिकास बैंकलाई आफुमा गाभेको एनसीसीको निस्क्रिय कर्जा अनुपात दोस्रो त्रैमाससम्ममा ह्वात्तै बढेर चार प्रतिशत माथि गएको छ भने खुद नाफा जम्मा सात करोड मात्र गरेको छ ।

राष्ट्रबैंकले तोकेको आठ अर्ब चुक्ता पूँजी पुर्याउन एनसीसीले ५० प्रतिशत हकप्रद जारी गर्ने सोचाई बनाए पनि राष्ट्र बैंकबाट अनुमति नपाएकाले बिबरण सार्बजनिक गरेको छैन ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।