काष्ठमण्डपको लिलामी सेयरमा चैत २८ गतेसम्म आवेदन गर्न सकिने, कहाँबाट गर्ने आवेदन ?

Apr 04, 2017 merolagani

कुमारी बैंक (KBL)सँग एक्वायरमा गएको काष्ठमण्डप डेभलपमेन्ट बैंक (KADBL@)ले हकप्रदमा नबिकेको सर्वसाधारण समूहतर्फका एक लाख सात हजार छ सय एक कित्ता सेयरमा बोलपत्र खुला गरेको छ । बैंकले चैत २२ गते मंगलबारदेखि सेयर लिलामी खुला गरेको हो ।

काष्ठमण्डपको सेयर लिलाम गर्न इच्छुक लगानीकर्ताले सेयर बिक्री प्रवन्धक एनसिएम मर्चेन्ट बैंकिङ लिमिटेड, कमलपोखरी काठमाडौंबाट चैत २८ गतेसम्म लिलामी आवेदन गर्न सक्नेछन् । आवेदन गर्दा न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी मूल्यमा न्यूनतम एक सय कित्ता वा १० कित्ताको गुणांकमा सबै सेयरमा आवेदन गर्न सक्नेछन् ।

बोलपत्र चैत ३० गते ३ बजे एनसिएम मर्चेन्ट बैंकिङ्ग लिमिटेड कमलपोखरी काठमाडौंमा खोल्ने बताईएको छ । लिलामीमा सेयर प्राप्त नगर्ने लगानीकर्ताले बैशाख ७ गतेदेखि रकम फिर्ता पाउनेछन् ।


काष्ठमण्डपले कात्तिक २६ देखि मंसिर ३० गतेसम्म २५ प्रतिशत अर्थात १६ लाख ९९ हजार सात सय ४१ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो । हकप्रदमा नबिकेको सेयर अहिले  लिलामी मार्फत बिक्री गर्न लागिएको हो ।

हाल काष्ठमण्डपको ६७ करोड ९८ लाख ९७ हजार रुपैयाँ चुक्ता पूँजी रहेको काष्ठमण्डपले पुससम्म १० करोड १७ लाख २९ हजार रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी बार्षिक २९ रुपैयाँ ९२ पैसा कायम गरेको छ ।

बैंकको सेयर धितोपत्र बजारमा असोज १६ गते ५०० रुपैँयामा कारोबार भएको थियो । काष्ठमण्डपसँगै महाकाली विकास बैंक, काँक्रेबिहार विकास बैंक र पश्चिमाञ्चल फाइनान्स कम्पनी कुमारी बैंकसँग १०० : ८५ अनुपातमा स्वापमा गएका हुन् । कुमारी बैंकको नेप्सेमा मंगलबार सेयर प्रतिकित्ता ३७५ रुपैँया हाराहरीमा कारोबार भैरहेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।