विशेष साधारणसभामा कम्पनीको जारी पूँजी तथा चुक्ता पूँजी वृद्धि गरि क्रमश २० करोड तथा १० करोड रुपैँया पुर्याउने, संस्थाको नाम परिवर्तन गरि सनराईज ईन्भेष्मेन्ट बैंकिङ्ग लिमिटेड कायम गर्ने, सञ्चालक सदस्य थप गर्ने, र प्रमुख कार्यकारी अधिकृतको एक बर्ष थप गरि ४ बर्षे कार्यकाल पुर्याउने र नियमनकारी निकायबाट परिवर्तन गर्न सुझाव आएमा परिवर्तन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने रहेका छन् ।
एनआईडिसि क्यापिटल मार्केट लिमिटेडको मातहतमा सञ्चालन सुरु हुँदै आएको एनसिएम मर्चैन्ट बैंकिङ्ग लिमिटेड सनराईज बैंकले एनआईडिसिलाई एक्वायर गरि एकिकृत कारोबार सञ्चालन गर्न थालेपछि बैंकको सहायक कम्पनीको रुपमा सञ्चालन हुँदै आएको छ ।
एन.आई.डी.सी क्यापिटलाई प्राप्ति गरेको सनराइजले थाल्यो एकिकृत कारोबार
नारायणी नेशनल फाईनान्सलाई आफुमा मिलाएको सनराईजले सामुहिक लगानी कोष र धितोपत्र सम्बन्धी कारोबार गर्न सहज हुने गरी एनआईडीसीलाई किन्ने सम्झौता गरेको थियो । सनराईज बैंकले एन.आई.डि.सि.क्यापिटल मार्केटको प्रतिसय कित्ता बराबर सनराइज बैंकको ६५ कित्ता सेयर हुनेगरी खरिद गरेको थियो ।