नेपाल बैंकको सेयरमूल्य बढेर किन भयो सर्वाधिक कारोबार ?

Apr 04, 2017 merolagani

मंगलबारको सेयरबजारमा नेपाल बैंक (NBL) को सेयरमूल्य बढेर सर्वाधिक कारोबार भएको छ । नेपाल बैंकको यसदिन दुई लाख ४८ हजार कित्ता सेयर १२ करोड ८५ लाख रुपैयाँ बराबरमा किनबेच भएका छन भने सेयरमूल्य समेत २.९ प्रतिशतले उकालो लागेर प्रतिकित्ता ५२५ रुपैयाँ पुगेको छ ।



२३ दशमलव ७४ प्रतिशत हकप्रद बिक्रीको घोषणा गरेर हकप्रदको लागि बुक क्लोजको मिति समेत तय गरेको बैंकको पछिल्ला दिनहरुमा निरन्तर उच्च कारोबार हुँदै आएको छ भने सेयरमूल्य समेत उकालो लागेको छ ।

बैंकले आगामी बैशाख ७ गतेदेखि २३ दशमलव ७४ प्रतिशत हकप्रद जारी गर्ने भएको छ । हकप्रद सेयर निष्काशनका लागि बैंकले यहि चैत २९ गते मंगलबार सेयरधनी पुस्तिका बन्द गर्ने निर्णय गरेको छ । बैंकको हकप्रद सुरक्षित गर्न चाहने लगानीकर्ताले चैत २८ गते सोमबार सम्ममा सेयर खरिद गरिसक्नु पर्नेछ ।

नेपाल बैंकले हकप्रद निष्काशन गर्न कहिले गर्ने भयो बुकक्लोज ?

हकप्रद सेयर सुरक्षित गर्न अब तीन कारोबार दिन मात्र बाँकी भएकाले पनि यसको कारोबार बढेको हो । बुधबार रामनवमीको सार्वजनिक विदा परेकाले अब बुक क्लोज अगाडि विहीबार, आइतबार र सोमबार गरी तीन दिन मात्र बैंकको हकप्रदका लागि कारोबार हुनेछ ।

बैंकले एक अर्ब ५४ करोड ३१ लाख रुपैयाँ बराबरको एक करोड ५४ लाख ३१ हजार ८४० कित्ता हकप्रद सेयर जारी गर्नेछ । यसका लागि बैंकले सिभिल क्यापिटलाई बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ ।

हाल नेपाल बैंकको चुक्तापूँजी ६ अर्ब ४९ करोड रुपैयाँ छ । हकप्रद पश्चात बैंकको पूँजी आठ अर्ब ८ अर्ब चार करोडको हाराहारीमा पुग्नेछ । बैंकले दोस्रो त्रैमास सम्ममा एक अर्ब ८९ करोड खुद नाफा कमाएको छ ।

सेयरबजारमा सामान्य गिरावट, एक अर्ब ६३ करोडको कारोबार 

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।