दुुई बैंकले एक बराबर एकको अनुपातमा सेयर आदान प्रदान गर्ने सहमति मर्जर सम्झौतामा हस्ताक्षर गरेका हुन ।
मर्जर पछि बन्ने बैंकको नाम महालक्ष्मी विकास बैंक रहने तथा मर्जर पछि बन्ने नयाँ बैंकको चुक्ता पूँजी दुई अर्ब ६३ करोड रुपैंया हाराहारीमा पुग्ने महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत रमेश कूमार भट्टराईले जानकारी दिए ।
नेपाल राष्ट्र बैंकले राष्ट्रियस्तरका विकास बैंकहरुलाई आगामी असार मसान्तसम्ममा अढाई अर्ब चुक्ता पूँजी पुर्याउन निर्देशन दिएको थियो ।
मर्जर पश्चात बन्ने विकास बैंकको निक्षेप २३ अर्ब ८४ करोड , कर्जा लगानी १९ अर्ब ९७ करोड शाखा संख्या ६५ तथा ग्राहक संख्या ३ लाख ४५ हजार पुग्न भै देशकै सबैभन्दा ठुलो विकास बैंक बन्ने भट्टराईले बताए ।
केही समय अघि मात्र महालक्ष्मी फाइनान्स, मालिका विकास बैंक र सिद्धार्थ फाइनान्स एक आपसमा मर्ज भई महालक्ष्मी विकास बैंकको जन्म भएको थियो । पूँजी वृद्धिको अवधि सकिनै लाग्दा महालक्ष्मीले तीन वर्ष पहिले मनकामना विकास बैंक, यति फाइनान्स र भ्याली फाइनान्स मर्ज भएर बनेको यति डेभलपमेण्ट बैंकको साथ लिएको हो ।