ग्रीन डेभलपमेन्ट बैंकको चार सय प्रतिशत हकप्रद लक्ष्मी क्यापिटलले निष्कासन गर्ने

Apr 05, 2017 merolagani

ग्रीन डेभलपमेण्ट बैंक (GRDBL) ले चार सय प्रतिशत हकप्रद निष्कासन तथा बिक्री गर्न लक्ष्मी क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । बैंकको गत माघमा सम्पन्न चौथो साधारणसभाले हाल कायम पूँजी एक बराबर चार अर्थात चार सय प्रतिशत हकप्रद बिक्री गर्ने प्रस्ताव पारित गरेको थियो ।

यसै बर्ष मात्र सर्वसधारण सेयर जारी गरेर सेयर कारोबारमा आएको बैंकले सेयरधनीलाई कुनैपनि लाभांश नबाडि हकप्रद बिक्री गर्न लागेको हो । हकप्रद पश्चात बैंकको चुक्ता पूँजी ५० करोड रुपैयाँ पुग्नेछ ।

बैंकले गत जेठमा ४ लाख ५० हजार कित्ता साधारण शेयर जारी गरेर चुक्तापूँजी १० करोड रुपैंया पुर्याएको थियो । तीन जिल्ले बैंकले ०७४ आषाढ सम्म ५० करोड चु क्तापूँजी प्ुर्याउनु पर्नेछ ।

तीन जिल्ले बैंकले बागलुङ, म्याग्दी र कास्की जिल्लामा कार्यक्षेत्र बिस्तार गरी वित्तीय सेवा दिंदै आएको छ । बैङकको अधिकृत पूँजी ५० करोड, जारी पूँजी १० करोड र चुक्तापूँजी दश करोड रुपैयाँ रहेको छ । बैंकमा ५५ प्रतिशत संस्थापक तथा ४५ प्रतिशत सर्वसाधारणको लगानी छ ।

मंगलबार नेप्सेमा बैंकको सेयर प्रतिकित्ता ४६६ रुपैयाँमा कारोबार भएको थियो ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।