तपाईले एनआईसी एशिया बैंकको कति कित्ता हकप्रद भर्नु पर्छ ? यसरी हेर्नुहोस् विबरण

Apr 05, 2017 Merolagani

एनआइसी एशिया बैंकले चैत १६ गते बुधबारदेखि १० बराबर एक दशमलव ५० कित्ता हकप्रद सेयर निष्कासन खुला गरेको छ । बैंकले निष्काशन गरेको उक्त हकप्रद यहि चैत छ गते आइतबारसम्ममा सेयर खरिद गरेका लगानीकर्ताले भर्न पाउँछन् । हकप्रद निष्काशन बैशाख १९ गते बन्द हुन्छ । तपाईसँग भएको सेयरका आधारमा खण्डित सेयर सहित कति कित्ता सेयर भर्नु पर्छ, यहाँबाट जानकारी पाउनु होस् ।

एनआईसी एशिया बैंकले उपलब्ध गराएको हकप्रद सेयर जाच्ने उपकरणमा जान यहाँ क्लिक गर्नु होस् । तपाई एनआईसी एशिया बैंकको वेबसाइटमा पुगे पछि मागिएको स्थानमा डिम्याट खाता नम्बर राखेर आफुले भर्नु पर्ने सेयरको विबरण थाहा पाउनु होस् ।

बैंकले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतको दरले हुन आउने ८७ करोड २९ लाख ४७ हजार पाँच सय रुपैयाँ बराबरको ८७ लाख २९ हजार ४७५ कित्ता सेयर प्रतिकित्ता एक सय रुपैयाँ दरले बिक्री खुला गरेको हो ।

एनआइसीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट रहेको छ । हकप्रद सेयरमा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केटको कार्यालय सिटिसी मलको छैटौं तल्ला सुन्धारा तथा एनआइसी एशिया बैंकका सबै शाखाहरुबाट आवेदन गर्न सकिन्छ । चैत १६ गते खुला भएको बैंकको हकप्रद वैशाख १९ गते बन्द हुनेछ ।

राष्ट्र बैंकले तोेकेको आठ अर्ब रुपैयाँ चुक्ता पूँजी पुर्याउन एनआइसी एसियाले १५ प्रतिशत हकप्रद सेयर जारी गरेको हो । हाल बैंकको चुक्ता पुँजी पाँच अर्ब ८१ करोड ९६ लाख रुपैयाँ रहेको छ । हकप्रद सेयर निष्कासनपछि बैंकको चुक्ता पूँजी छ अर्ब ६९ करोड २५ लाख रुपैयाँ पुग्नेछ ।

चालु आर्थिक बर्षको अर्धबार्षिक अवधिमा बैंकले ७२ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी २४ रुपैयाँ ८० पैसा कायम गरेको छ । धितोपत्र बजारमा बैंकको सेयर मंगलबार प्रतिकित्ता ४८५ रुपैँयामा कारोबार भएको थियो ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।