सिटिजन्स् बैंकको एक अर्ब ३८ करोडको हकप्रद खुल्यो,बैशाख २७ गतेसम्म यी स्थानबाट गर्न सकिन्छ आवेदन

Apr 06, 2017 merolagani

सिटिजन्स् बैंक इण्टरनेशनल लिमिटेड (CZBIL) ले २५ प्रतिशत हकप्रदको निष्काशन चैत २४ गते विहीबारदेखि खुला गरेको छ । बैंकले एक सय रुपैयाँ अंकित दरको एक करोड ३८ लाख ४३ हजार ३ सय ७९ कित्ता अर्थात एक अर्ब ३८ करोड बराबरको हकप्रद सेयर जारी गरेको हो ।

सिटिजन्स बैंकले हकप्रद बिक्रीका लागि सानिमा क्यापिटललाई बिक्री प्रवन्धक तोकेको छ । हकप्रद सेयरमा सानिमा क्यापिटल लिमिटेड नारायणचौर नक्साल, सिटिजन्स बैंकको सम्पूर्ण शाखाहरु तथा बैंकको सहायक कम्पनी सिबिआईएल क्यापिटल लिमिटेड बाटुलेघर डिल्लीबजारबाट समेत आवेदन दिन सकिने छ । बैंकको हकप्रदमा २०७४ बैशाख २७ गते बन्द हुनेछ ।

फागुन २५ गतेसम्म बैंकको सेयर किन्ने लगानीकर्ताले २५ प्रतिशत हकप्रदमा आवेदन गर्न सक्नेछन् । बैंकको असोज १६ गते सम्पन्न दशौं बार्षिक साधारणसभाले सेयरधनीलाई १० बराबर २.५ कित्ता हकप्रद बेच्ने प्रस्ताव पारित गरेको थियो । बैंकले फागुन १२ गते धितोपत्र बोर्डबाट २५ प्रतिशत हकप्रद जारी गर्ने अनुमति पाएको हो ।

हाल बैंकको चुक्ता पूँंजी ५ अर्व ५३ करोड ७३ लाख रुपैयाँ रहेकोमा २५ प्रतिशत हकप्रद शेयरको बाँडफाँड पश्चात बैंकको चुक्ता पूँजी ६ अर्व ९२ करोड १६ लाख रुपैँया पुग्नेछ । चालु आर्थिक बर्षको मुनाफाबाट एक अर्ब बढीको बोनश वितरण गरेर बैंकले ८ अर्ब पूँजी पुर्याउने लक्ष्य लिएको छ । बैंकले गत बर्ष ५५ प्रतिशत हकप्रद बिक्री तथा ७५ करोड बराबरको बोनस सेयर वितरण गरेको थियो ।

चालु आर्थिक बर्षको दास्रो त्रैमाससम्म बैंकले ६३ करोड खुद नाफा गरेर प्रति सेयर आम्दानी २२ रुपैयाँ कायम गरेको छ । बैंकको सेयर मंगलबार धितोपत्रबाजरमा प्रतिकित्ता ४३७ रुपैँयामा कारोबार भएको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।