कञ्चन डेभलेपमेन्ट बैंक ३० प्रतिशत हकप्रद बिक्री गर्ने अनुमति लिन पुग्यो धितोपत्र बोर्ड

Apr 06, 2017 merolagani

कञ्चन डेभलेपमेन्ट बैंक (KADBL) ले नेपाल धितोपत्र बोर्डमा १० लाख ३९ हजार पाँच सय कित्ता हकप्रद शेयर निश्कासन अनुमति माग्दै निवेदन दर्ता गराएको छ। बैंकले हाल कायम चुक्ता पूँजीको ३० प्रतिशत हकप्रद शेयर बिक्री गर्न लागेको हो।



हकप्रद बिक्री पश्चात बैंकको चुक्ता पूँजी ४५ करोड ५ लाख रुपैयाँ पुग्नेछ। हल बैंकको चूक्ता पूँजी हाल ३४ करोड ६५ लाख रहेको छ।

हकप्रद र चालु आर्थिक बर्षको नाफाबाट बोनस शेयर दिएर चुक्ता पूँजी ५० करोड रुपैयाँ पुर्याउने योजना रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत बिरुराम जैशीले मेरोलगानीलाई जानकारी दिए ।

तीन जील्ले बैंकले सुदुरपश्चिमका कञ्चनपुर, कैलाली र डडेल्धुरा जिल्लालाई कार्यक्षेत्र बनाई बैकिङ्ग कारोवार गर्दै आईरहेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।