६५ प्रतिशत बोनस सेयर पारित गर्न कालिका माईक्रोले बोलायो सातौ साधारणसभा

Apr 07, 2017 Merolagani

स्याड.जामा मूख्य कार्यालय रहेको कालिका माईक्रो क्रेडिट डेभ्लपमेन्ट बैंक(KMCDB)ले ६५ प्रतिशत बोनस सेयर बितरण गर्ने प्रस्ताव पारित गर्न सातौ बार्षिक साधारणसभा बोलाएको कम्पनीले बिगत केही बर्षहरुको बक्यौता लाभांश समेत जोडी बोनस सेयर बितरणको प्रस्ताव गरेकोमा राष्ट्र बैंकबाट ६५ प्रतिशत बोनस बितरण गर्न स्वीकृति प्राप्त भएको हो ।

अघिल्लो उसले गरेको लाभांश प्रस्ताव संस्थागत सुशासनमा समस्या देखाउँदै राष्ट्र बैंकले अस्विकार गरिदिएको थियो ।

कालिका माईक्रोको ६५ प्रतिशत बोनस प्राप्त गर्न र बैसाख २३ गते स्याड.जाको वालिड.मा हुने साधारणसभामा भाग लिन बैसाख ३ गतेसम्ममा सेयर किनिस्क्नु पर्ने भएको छ । बैंकले बैसाख ४ गतेदेखि २३ गतेसम्म सेयरधनी किताब बन्द हुने जनाएको छ ।

बैंकको साधारणसभामा केही जिल्लाहरुको कार्यक्षेत्र थप गर्ने, मुख्य कार्यालय पोखरा सार्ने र अन्य प्रस्ताबहरु पनि पेश हुने सूचना उल्लेख छ । कालिकाको संचालक समिति बैठकमा चुक्ता पूँजी बढाउन शत प्रतिशत हकप्रद जारी गर्नुपर्ने प्रस्ताव लैजाने बारेमा कुरा उठे पनि केही संस्थापकहरुले आफुहरुले अहिलेसम्म कुनै लाभांश नपाएकाले पूँजी थप्न नसक्ने अडान लिएकाले हकप्रदको प्रस्ताव आउन नसकेको स्रोतको भनाई छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।