सानिमा बैंकले प्रति १० कित्ता बराबर तीन कित्ताका दरले एक अर्ब ५९ करोड १७ लाख ६१ हजार सात सय रुपैंयाको हकप्रद निष्काशन गर्नेछ ।
बैंकले हकप्रद प्रयोजनका लागि गत चैत्र १८ गते देखि सेयरधनी दर्ता पुस्तिका बन्द गरेको छ । चैत्त १७ गतेसम्म कायम बैंकका सेयरधनी मात्रै हकप्रदका लागि आवेदन गर्न पाउनेछन । हकप्रद सेयरमा जेठ २१ गतेसम्म आवेदन गर्न पाइने बैंकले जनाएको छ ।
गत आर्थिक बर्षको मुनाफाबाट बैंकले १५ प्रतिशत बोनस शेयर वितरणपश्चात ५० प्रतिशत हकप्रद बिक्री गरेर चुक्तापूँजी ५ अर्ब २७ करोड रुपैयाँ पुर्याएको थियो । अब ३० प्रतिशत हकप्रद बिक्री गरेपछि बैंकको चुक्ता पुँजी ६ अर्ब ८६ करोड रुपैयाँ पुग्नेछ ।
नेपाल राष्ट्र बैंकले तोकेको पूँजी पुर्याउन आगामी असार मसान्तसम्ममा बैंकले थप एक अर्ब १४ करोड रुपैंया पूँजी बिस्तार गर्नु पर्ने हुन्छ । चालु आर्थिक बर्षको बोनसबाट बैंकले राष्ट्र बैंकले तोकेको पूँजी पुर्याउने आँकलन गर्न सकिन्छ ।
सानिमाले हकप्रद निष्काशनका लागि सिबिआईएल क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।