देवः विकास बैकले साझा विकास बैंक पनि किन्ने,चुक्ता पूँजी एक अर्ब ७२ करोड पुग्ने

Apr 07, 2017 merolagani

युनियन फाइनान्स लिमिटेडलाइ एक्विजीशन गर्ने सम्झौता गरेको देवः विकास बैक (DBBL) ले साझा विकास बैंक लिमिटेड (SAJHA) लाई पनि खरिद गर्ने भएको छ । विहीबार दुई संस्था बीच खरिद सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

समझदारी पत्रमा देवः विकास बैक लि.को तर्फबाट र्संचालक समितिका अध्यक्ष प्रा.डा. सुवर्ण लाल बज्राचार्य र साझा विकास बैंक लि.को तर्फबाट संचालक समितिका अध्यक्ष फकिर सिंह कडायतले हस्ताक्षर गरेका हुन् ।

आगामी आषाढ मसान्तसम्म तोकिए चुक्ता पूँजी पु¥याउन बैंकले एक्विजिशन सम्झौता गरेको हो । दोस्रो त्रैमासिक प्रतिवेदन अनुसार हाल देव विकास बैंकको एक अर्ब ४४ लाख रुपैयाँ चुक्तापूँजी रहेको छ ।

साथै बैंकले गतबर्षको मुनाफबाट १४ प्रतिशत बोनस र ४४ करोडको हकप्रद बेचेर पूँजी एक अर्ब ४५ करोड पुर्याएको छ । दुई कम्पनी एक्वायर पश्चात कम्पनीको पूँजी एक अर्ब ७२ करोड पुग्नेछ ।

साझा विकास बैंकको चुक्ता पूँजी १० करोड तथा युनियन फाइनान्सको १७ करोड ६५ लाख रुपैयाँ रहेको छ ।

साथै बैंकले थप चुक्ता पूँजीको लागि अन्य संस्थाहरु प्राप्त/मर्जर गर्ने योजना सहितको कार्यलाई निरन्तरता प्रदान गर्ने योजनामा  छ ।

उक्त संस्था प्राप्ति पछि नेपालको सुदुर पश्चिम क्षेत्रमा बैंकका शाखा सञ्जालहरु विस्तार भई नेपालभर ४६ वटा शाखा सञ्जाल रहने छ भने कुल निक्षेप ११ अर्व र कर्जा लगानी ९ अर्ब ४५ करोड पुग्ने बैंकले जनाएको छ ।

एक्विजिशन पश्चात संस्थाको नाम देवः विकास बैक लि. नै रहने तथा संचालक समितिको अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत समेत देवः विकास बैंक लि. कै रहने समझदारी भएको छ ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।