अन्ततः ईन्भेष्टमेण्ट बैंकमा विलय हुने भयो एस डेभलपमेण्ट बैंक

Apr 07, 2017 Merolagani

नेपाल इन्भेष्टमेण्ट बैंकमा एस डेभलपमेण्ट बैंक विलय हुने सम्झौता गरेको झण्डै आठ महिना पछि दुवै बैंकले उक्त प्रस्ताव अनुमोदन गराएका छन् । शुक्रबार विशेष साधारण सभा आह्वान गरी इन्ेभष्टमेण्ट र एसले विलय प्रस्ताव पारित गराएका हुन् । अब नेपाल राष्ट्र बैंकमा अन्तिम स्वीकृतिका लागि आवेदन दिएर दुवै बैंकले केही महिनामा एकीकृत कारोबार सुरु गर्ने छन् ।

नेपाल इन्भेष्टमेण्ट बैंकले राजधानीको कालिकास्थानमा विशेष सधारण सभाको सम्पन्न गर्दै विलय प्रकृयालाई अनुमोदन गरेको हो । त्यसै गरी एस डेभलपमेण्ट बैंकले पनि लाजिम्पाटमा विशेष साधारण सभाको आयोजना गरी इन्भेष्टमेण्ट बैंकमा विलय हुँदै आफ्नो दुई दशक लामो अस्तित्व समाप्त गर्ने विषय अनुमोदन गरेको हो ।

एसको साधारण सभामा केही सेयरधनीले भने अहिले प्रस्ताव भएको सेयर स्वापमा परिमार्जन हुनु पर्ने माग गरेका थिए । दुई बैंकले आठ महिना पहिले एसको एक सय कित्ता बराबर इन्ेभष्टमेण्ट बैंकको ४१ कित्ता सेयर पाउने गरी सेयर स्वाप निर्धारण गरिएको थियो ।

साधारण सभामा उक्त अनुपातलाई ४५ कायम गर्नु पर्ने माग सेयरधनीले गरे पछि बैंक सञ्चालक समितिका अध्यक्ष योगेन्द्र शाक्यले सेयरधनीलाई सकेसम्म सेयर स्वापमा सामान्य परिमार्जन गर्न दुवै बैंकका बिचमा निरन्तर छलफल चले पनि सम्भव नभएको बताएका थिए । यसका अलावा पनि बैंक अब ठुलो संस्था बन्ने भन्दै सेयरधनीलाई उनले सकरात्मक बन्न आग्रह गरे पछि विशेष साधारण सभाले सबै प्रस्ताव हरु पारित गरेको थियो ।

थप नयाँ शेयर निष्काशन गरेर गत वर्ष ७ अर्ब २५ करोडको हाराहारीमा चुक्ता पूँजी बनाएको ईन्भेष्टमेण्ट बैंकले आठ महिना पहिले एस डेभलपमेण्ट बैंकलाई खरिद गर्ने सम्झौता गरेको थियो । त्यस यता बैंकले गत आर्थिक वर्षको कमाईबाट २० प्रतिशत बोनस बितरण गरी चुक्ता पूँजी आठ अर्ब ७० करोड हाराहारीमा छ ।

उता एक अर्ब २० करोड चुक्ता पूँजी भएको एसलाई ४१ प्रतिशत स्वापमा विलय गरे पछि ईन्भेष्टमेण्ट बैंकको चुक्ता पूँजी नौ अर्ब २० करोड रुपैंया हाराहारी पुग्नेछ । चालु आर्थिक वर्षको अन्त्यसम्ममा विलय प्रकृया पुरा गरी एकीकृत कारोबार सुरु गर्ने लक्ष्य लिइएको छ ।

इन्भेष्टमेन्ट बैंकले पुषमसान्तसम्मा एक अर्ब ५८ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । एसले अर्धबार्षिक अवधिमा १२ करोड ९८ लाख रुपैँया खुद नाफा गरेको छ । इन्भेष्टमेन्ट बैंकले एक खर्ब १६ अर्ब निक्षेप संकलन गरेर झण्डै ९७ अर्ब कर्जा प्रबाह गरेको थियो ।

हाल ईन्भेष्टमेण्ट बैंकको ४७ तथा एस डेभलपमेण्ट बैंकका १२ शाखा छन । यथास्थानमा शाखा सञ्चालन गर्ने तयारी गरेको बैंकको कुल शाखा संख्या ५९ पुगेको छ । त्यस्तै ईन्भेष्टमेण्ट बैंकको ८४ तथा एस डेभलपमेण्ट बैंकको १२ गरी एटीएम संख्या ९६ पुगेको छ । 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।