एभरेष्ट बैंकले बुद्धको जीवनी समेटेर प्रकाशित गर्यो ०७४ सालको क्यालेण्डर

Apr 07, 2017 merolagani

एभरेष्ट बैंक (EBL) ले बुद्धको जीवनी दर्शाउने गरेर ०७४ सालको क्यालेण्डर प्रकाशित गरेको छ । शुक्रबार बैंकको प्रधान कार्यालयमा आयोजित कार्यक्रममा  बैंकका अध्यक्ष बि.के श्रेष्ठ र पन्जाब नेशनल  बैंकका कार्यकारी निर्देशक डा. राम. एस. सागांपुरेले  सयुक्त रुपमा क्यालेण्डर बिमोचन गरेका हुन ।

 

निरन्तर रुपमा बिभिन्न सांस्कृतिक तथा पर्यटकिय महत्व झल्कने खालका बिषयबस्तु समेटेर आफ्नो क्यालेण्डर बनाउदै आएको बैंकले यस पटक बुद्धको जीवनीलाई आफ्नो क्यालेन्डरमा समेटेको जनाएको छ ।

बौद्ध धर्ममा आधारित एउटा विशिष्ट कला थाङ्कालाई आफ्नो क्यालेन्डरको बिषयबस्तु बनाएको बैंकले यसले बुद्धको जीवनको बारेमा दर्शाउँने बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख गरेको छ ।

उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठ संचालकहरु लगायत बंैकका उच्च पदस्थ कर्मचारीहरुको पनि उपस्थिति थियो ।

 बैंकले हाल आफ्ना ६० वटा शाखाहरु, ६ एक्सटेन्सन काउन्टर, २५ राजश्व संकलन काउन्टर र ८८ एटिएम तथा बृहत बाह्य सन्जाल मार्फत बैंकिगं सेवा प्रदान गर्दै आइरहेको छ ।

हकप्रदको स्वीकृति माग्दै एभरेष्ट बैंक पुग्यो धितोपत्र बोर्ड

७० प्रतिशत बोनस बाँडेको एभरेष्ट बेंकको के भयो प्रगति ?

एभरेष्ट बैंकको मर्ज र एक्विजिशन प्रस्ताब साधारणसभामा किन भयो असफल ?

एभरेष्ट बैंकको ७० प्रतिशत बोनस खानेले जिते कि सेयर बेचेर बस्नेले ?

 

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।