बीमा समितिले बिशेष प्रकारको बिकास ऋणपत्र जारी गर्ने

Apr 09, 2017 merolagani

नेपाल लाइफले खोल्यो पोखरामा क्षेत्रीय कार्यालय
बीमा समितिले बीमा क्षेत्रसंग रहेको ठूलो पूँजीलाई मुलुकको बिकास निर्माणका लागि उपयोग गर्न बिशेष प्रकारको बिकास ऋणपत्र ल्याउन पहल गर्ने भएको छ । नेपाल लाइफ इन्स्योरेन्स (NLIC) को क्षेत्रीय कार्यालय पोखराको उद्घाटन गर्दे समितिका अध्यक्ष चिरञ्जीवी चापाँगाईले बिकास ऋणपत्र ल्याउन पहल गर्ने बताएका हुन् ।

सो अवसरमा जीवन बीमा क्षेत्रले आम जनताको स–सानो बचत परिचालन गरि पूँजी निर्माणमा महत्वपुर्ण भूमिका निर्वाह गर्दै आएको बताउँदै अध्यक्ष चापाँगाईले बिकास ऋणपत्रको योजना अघि सारेका हुन् ।

उनले जीवन बीमाका क्षेत्रमा बीमा कम्पनीले गर्दै आएको सफलताको सह्राहना गर्दे समग्र बीमा क्षेत्रको बिकास र बिस्तारका लागि आफू क्रियाशिल रहने बताए ।

त्यस्तै नेपाल लाइफका इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत विवेक झाले क्षेत्रीय कार्यालय पोखराको स्थापनाबाट यस क्षेत्रको व्यवसायिक विकासमा महत्वपूर्ण योगदान पुग्ने बिश्वास व्यक्त गरे ।

बीमितहरुको लगानी प्रतिफल बृद्धि गर्न कम्पनीले हरसम्भव प्रयास गर्दै आएको र सो को सुनिश्चितताको लागि दीर्धकालिन लगानीका क्षेत्रहरुमा लगानी बिस्तार गर्ने प्रयास गरिरहेको झाले जानकारी दिए । साथै उनले बीमा क्षेत्रका लागि दीर्धकालिन सरकारी बिकास ऋणपत्रहरुको आवश्यकता रहेको औल्याए।

कम्पनीले जीवन बीमा व्यवसायको बजार बिस्तार गर्ने उदेश्यले पोखरामा क्षेत्रीय कार्यालय संचालनमा ल्याएको हो ।

केही समय अघि मात्र झण्डै ३१ लाख कित्ता थप नयाँ सेयर (एफपीओ) निष्काशन गरेको कम्पनीको चुक्ता पूँजी दुई अर्ब ४७ करोड ७१ लाख रुपैंया छ । एफपीओले समेत पाउने गरी २५ प्रतिशत बोनस बाड्ने प्रस्ताव पारित गरेको कम्पनीको चुक्ता पूँजी तीन अर्ब नौ करोड ६४ लाख रुपैंया पुगेको छ ।

चालु आर्थिक बर्षको दोस्रो त्रैमास अर्थात पुस मसान्तसम्ममा इन्स्योरेन्सले १५ करोड ३० लाख रुपैयाँ खुँद नाफा गरेर प्रतिसेयर आम्दानी १४ रुपैयाँ १३ पैसा कायम गरेको थियो ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।