एन आई सी एशिया बैंकले एकैदिन थप्यो नयाँ दुई शाखा

Apr 09, 2017 merolagani

एन आई सी एशिया बैंक (NICA) ले आइतबार एकैसाथ थप दुई शाखा संचालनमा ल्याएको छ । बैंकले झापाको बुधबारे र सुनसरीको झुम्कामा शाखा विस्तार गरेको हो ।

 



बुधबारे झापा स्थित ८३ औं शाखाको उद्घाटन एन आई सी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसाल एवं बुधबारे उद्योग वाणिज्य संघका अध्यक्ष गोविन्द प्रसाद पौडेलले संयुक्त रुपमा गरेका हुन ।

त्यस्तै झुम्का सुनसरी स्थित ८७ औं शाखाको उद्घाटन एन आई सी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसाल एवं झुम्का उद्योग वाणिज्य संघका अध्यक्ष सगेन चौधरीले संयुक्त रुपमा गरे ।

हरेक सम्भावित बजार क्षेत्रमा बैकिङ सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानमा पनि चाँडै नै थप शाखा संचालन गर्ने योजाना रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसालले जानकारी दिए ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।