भार्गवको शतप्रतिशत हकप्रद निष्काशन बन्द हुँदै,छुट्नुभयो कि ?

Apr 10, 2017 merolagani

भार्गव विकास बैंक (BHBL) ले फागुन २४ गतेदेखि बिक्री खुला गरेको शतप्रतिशत हकप्रद सोमबार कार्यालय समय पश्चात बन्द हुँदैछ । फागुन ११ गतेसम्म कायम रहेका बैंकको लगानीकर्ताले हकप्रदमा आवेदन गर्न सक्नेछन् ।

बैंकले कुल १२ लाख कित्ता सेयर निष्काशन गरेको हो । हाल १४ करोड ४० लाख चुक्ता पूँजी रहेको बैंकको हकप्रदपश्चात २६ करोड ४० रुपैँया चुक्ता पूँजी पुग्नेछ ।

बैंकले दोस्रो त्रैमासमा एक करोड ८० लाख खुद नाफा कमाएर प्रतिसेयर आम्दानी २५.०१ रुपैँया कायम गरेको छ । गत बर्षको कमाईबाट २० प्रतिशत बोनस दिएको बैंकको सेयर सोमबार ३०० रुपैँया हाराहारीमा नेप्सेमा कारोबार भएको छ ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।