मन्जुश्रीले सर्वसाधारण समूहतर्फका ६९ हजार १६ कित्ता साधारण सेयर र नौ लाख ३५ हजार ७४ कित्ता संस्थापक सेयर लिलाममा ल्याएको हो ।
मन्जुश्रीको सेयर लिलाममा सहभागी हुन चाहने लगानीकर्ताले बिक्री प्रबन्धक एस क्यापिटलमा एक सय रुपैयाँ वा सो भन्दा बढी प्रति कित्ताको दरमा दश कित्ताको गुणांकमा आवेदन गर्नु पर्ने हुन्छ । सेयर लिलाममा आवेदन गर्ने अन्तिम मिति बैशाख ५ गते सम्म निर्धारण गरिएको छ ।फाइनान्सको सेयर बेलकबोल बैशाख छ गते मध्यान्ह तीन बजे एस क्यापिटलमा खोलिनेछ ।
उता कुमारी बैंकसँग एक्यायरमा गएको काष्ठमण्डप बैंकको सेयर लिलाम गर्न इच्छुक लगानीकर्ताले सेयर बिक्री प्रवन्धक एनसिएम मर्चेन्ट बैंकिङ लिमिटेड, कमलपोखरी काठमाडौंबाट सोमबार दिउँसो तीन बजेसम्म आवेदन गर्न सक्नेछन् ।
काष्ठमण्डपको सर्वसाधारण समूहतर्फका एक लाख सात हजार छ सय एक कित्ता सेयर लिलामी आजदेखि बन्द हुँदैछ ।
आवेदन गर्दा न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी मूल्यमा न्यूनतम एक सय कित्ता वा १० कित्ताको गुणांकमा सबै सेयरमा आवेदन गर्न सक्नेछन् । बोलपत्र चैत ३० गते ३ बजे एनसिएम मर्चेन्ट बैंकिङ्ग लिमिटेड कमलपोखरी खोली सेयर नपरेको लगानीकर्ताले बैशाख ७ गतेदेखि रकम फिर्ता पाउनेछन् ।
काष्ठमण्डपको सेयर धितोपत्र बजारमा कुमारी बैंकसँग मर्जरमा जाँदा असोज १६ गते ५०० रुपैँयामा कारोबार भएको थियो । कुमारी बैंकको सेयर भने सोमबार प्रतिकित्ता ३७१ रुपैँया हाराहरीमा कारोबार भैरहेको छ ।