चित्रकार बालबालिकालाई प्रोत्साहन गर्दे सनराइजले ल्यायो ०७४ सालको क्यालेन्डर

Apr 10, 2017 merolagani

सनराइज बैंक लिमिटेड (SRBL) ले बालबालिकाका चित्रहरू समावेश गरेर २०७४ सालको क्यालेन्डर सार्वजनिक गरेको छ । बालबालिकाकोे प्रतिभालाई अझै प्रस्फुटन र प्रोत्साहन गर्ने हेतुले क्यालेन्डरमा बालबालिकाका चित्रहरू समावेश गरेको बैंकले बताएको छ ।



बैंकले अन्नपूर्ण पोष्ट दैनिकको अंकुर, नागरिक दैनिकको जुनकीरि र कान्तिपुर दैनिकको कोपिला पृष्ठमा विगत १ वर्ष भित्र प्रकाशित विभिन्न विद्यालयमा अध्ययनरत कक्षा १ देखि कक्षा ६ सम्मका बालबालिकाहरुका चित्रहरूलाई आफ्नो क्यालेन्डरमा प्रकाशित गरेको छ ।

स–साना बालबालिकाहरुले आफ्ना मानसपटलमा रहेका सोच, जिज्ञासा तथा रचनाहरुलाई चित्रकारीताको माध्यमबाट अभिव्यक्त गरेकोमा बालबालिकाकोे प्रतिभालाई अझै प्रस्फुटन र प्रोत्साहन गर्ने हेतुले बैंकले उक्त चित्रहरूलाई समावेश गरेको बैंकको भनाई छ ।

उक्त विमोचन समारोहमा बैंकका संचालकहरू ई.बच्छराज तातेड, डा. दीपक प्रसाद भट्टराई, दीपक नेपाल, ज्योती कुमार बेगानी, ओम कृष्ण जोशी तथा प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले बालबालिकाहरुलाई प्रोत्साहन स्वरुप नगद तथा खाद्य सामाग्रीहरु प्रदान गरे ।

उक्त अवसरमा बालबालिका तथा निजका अविभावकहरूले बैंकले यस्तो फरक सोच तथा कार्यले स–साना बालबालिकालाई थप प्रोत्साहित तथा प्ररेणा मिल्ने विचार व्यक्त गरे ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।