गरिमाको ७० प्रतिशत हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन,बैशाख १४ गतेदेखि खुल्ने

Apr 11, 2017 merolagani

गरिमा विकास बैंक(GBBL) ले बैशाख १४ गतेदेखि बिक्री खुला गर्ने हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन हो ।हकप्रद प्रयोजनका लागि बैंकले बुधबार सेयरधनी दर्ता पुस्तिका बन्द गर्देछ । मंगलबारसम्म कायम बैंकका सेयरधनीहरुले मात्रै हकप्रद सेयरमा आवेदन दिन पाउनेछन ।

नेपाल राष्ट्र बैंकले तोकेको चुक्तापूँजी पुर्याउने क्रममा बैंकले ७० प्रतिशत हकप्रद निष्कासन गर्न लागेको हो । बैंकले बैशाख १४ गतेदेखि हकप्रद सेयरको बिक्री खुला गर्ने जानकारी यसअघि नै गराई सकेको छ ।

बैंकले एक सय रुपैँया अंकित मूल्यको ९० लाख ७६ हजार दुई सय ९६ कित्ता सेयर निष्काशन गर्न लागेको हो । बैंकको गत फागुन ६ गते सम्पन्न दशौ साधारणसभाले २० प्रतिशत बोनसपछि ७० प्रतिशत हकप्रद निष्काशनको प्रस्ताव पारित गरेको थियो ।

शुभेच्छा विकास बैंकलाई गाभेको गरिमाको एक अर्ब आठ करोड रुपैँया चुक्ता पूँजी रहेको छ ।  ७० प्रतिशत हकप्रद निष्काशन पश्चात बैंकको पूँजी दुई अर्ब २० करोड रुपैँया हाराहारीमा पुग्नेछ ।

बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १५ करोड ९५ लाख ४७ हजार रुपैंया खुद नाफा कमाएर प्रतिशेयर आम्दानी २९ रुपैंया ५३ पैसा कायम गरेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।