बैंकले हकप्रद निष्कासनका लागि आजैबाट सेयरधनी दर्ता किताब बन्द गरेको छ । सोमबारसम्म कायम बैंकका सेयरधनीहरुले मात्र हकप्रद भर्न पाउनेछन ।
बैंकले आगामी बैशाख ७ गतेदेखि २३ दशमलव ७४ प्रतिशत हकप्रद वापत एक अर्ब ५४ करोड ३१ लाख रुपैयाँ बराबरको एक करोड ५४ लाख ३१ हजार ८४० कित्ता हकप्रद सेयर बिक्री गर्दैछ । यसका लागि बैंकले सिभिल क्यापिटलाई बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ ।
राष्ट्र बैंकले २०७४ असार मसान्तसम्ममा सबै बाणिज्य बैंकले चुक्ता पूँजी आठ अर्ब रुपैँया पुर्याउनुपर्ने नीति तथा व्यवस्था अनुरुप बैंकले हकप्रदमार्फत पूाजी वृद्धि गर्न लागेको हो ।
हाल नेपाल बैंकको चुक्तापूँजी ६ अर्ब ४९ करोड रुपैयाँ छ । हकप्रद पश्चात बैंकको पूँजी आठ अर्ब ८ अर्ब चार करोडको हाराहारीमा पुग्नेछ । बैंकले दोस्रो त्रैमास सम्ममा एक अर्ब ८९ करोड खुद नाफा कमाएको छ ।