फस्ट माईक्राको ५० प्रतिशत हकप्रद सुरक्षित गर्ने मंगलबार अन्तिम दिन

Apr 11, 2017 merolagani

राष्ट्रिय स्तरको थोक कर्जा प्रदान गर्ने फस्ट माईक्रोफाईनाइन्स कम्पनीको ५० प्रतिशत हकप्रद सुरक्षित गर्ने मंगलबार अन्तिम दिन हो । कम्पनीले चैत ३० गते बुधबार सेयरधनी किताब बन्द गर्ने भएकोले चैत २९ गते अर्थात आजसम्म लघुवित्तको सेयर किनेर सेयरधनी बनेका लगानीकर्ताले मात्र कम्पनीले जारी गर्ने हकप्रदमा आवेदन गर्न सक्नेछन् । 

फस्ट माईक्रो लघुवित्तले १३ करोड २२ लाख ५० हजार रुपैँया मूल्य बराबरको एक सय रुपैँया अंकित दरको १३ लाख २२ हजार पाँच सय कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल रहेको छ ।

माईक्रोफाईनाइन्सको असोज १९ गते सम्पन्न सातौं बार्षिक साधारणसभाले ५० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पारित गरेको थियो । हकप्रद सेयर निष्काशनका लागि कम्पनीले धितोपत्र बोर्डबाट चैत १७ गते अनुमति पाइसकेको छ ।

गत आर्थिक बर्षको नाफाबाट १५ प्रतिशत बोनश वितरणपछि माईक्रोफाईनाइन्सको चुक्तापूँजी २६ करोड ४५ लाख रुपैयाँ पुगेको छ । हकप्रदपछि चुक्तापूँजी ३९ करोड ६७ लाख रुपैयाँ पुग्नेछ । केन्द्रिय बैंकले तोकेको ६० करोड पूँजी पुर्याउन अब कम्पनीलाई थप २० करोड बढी पूँजी आवश्यक पर्नेछ ।

नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागबाट भाद्र ८ मा जारी गरेको परिपत्र अनुसार राष्ट्रिय स्तरको थोक कर्जा प्रदान गर्ने लघुवित्त वित्तीय संस्थाको पूँजी ६० करोड पुर्याउने व्यवस्था गरेअनुसार लघुवित्तले हकप्रदको बाटो समातेको हो । धितोपत्र बजारमा लघुवित्तको सेयर मंगलबार प्रतिकित्ताको मूल्य १४६० रुपैँया हाराहारीमा कारोबार भएको छ । 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।